नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
काठमाडौँ, २९ चैत । नेपालस्थित प्रजग कोरियाको राजदूतावासले साम्राज्यवादविरोधी आन्दोलनका एक महान योद्धा, प्रजग कोरियाका राष्ट्रपति किम इल सङको १०७ औँ वर्षगाँठको अवसरमा एक समारोह आयोजना ग¥यो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट सचिव एवम् सांसद प्रेम सुवालले प्रजग कोरियाका महामहिम राजदूत चो योङ्ग म्यानलाई शुभकामना दिँदै प्रजग कोरिया र कोरियाली जनताको प्रगतिको कामना गर्नुभयो ।
राष्ट्रपति किम इल सङको जन्म सन् १९१२ अप्रिल १५ का दिन म्याङ्गयाङ्गडेमा भएको थियो । उहाँ ८३ वर्षको उमेरमा बित्नुभएको थियो ।
राष्ट्रपति किम इल सङको नेतृत्वमा कोरियाली जनताले जापानी उपनिवेशवाद र अमेरिकी साम्राज्यवादसँग विजय प्राप्त गरी कोरियाली शैलीको समाजवाद स्थापना गरेका थिए । विनाबाहिरी हस्तक्षेप कोरियाको पुनः एकीकरण गर्ने राष्ट्रपति किम इल सङको सपना पूरा गर्न वर्तमान नेता कामरेड किम जङ उनको नेतृत्वमा कोरियाली जनता सङ्घर्षरत छन् ।
Leave a Reply