“कानुन व्यवसायीहरू न्याय र जनअधिकार सुरक्षाका लागि कानुनी लडाइँ लड्ने बौद्धिक सिपाहीँ हुनुपर्छ”
- भाद्र २९, २०८३
भक्तपुर, २९ चैत । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समितिको आयोजनामा नव वर्ष २०७६ र बिस्केट जात्राको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला र संस्कृति तथा सम्पदाबारे संसारभरि नै सकारात्मक प्रचार प्रसार भइरहेको बताउँदै यसलाई कायम राख्न कर्मचारीहरूले गम्भीरतापूर्वक आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो ।
शुभ काम गरेर शुभकामना व्यक्त गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीहरूले शिष्टता र नम्रतापूर्वक सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
“भक्तपुर नगरपालिकाले १९ वर्ष अगाडि ख्वप उमावि स्थापना गरेर सुरू गरेको शैक्षिक अभियानले अहिले देशभरि सकारात्मक सन्देश गइरहेको छ । कर्मचारीहरूले देश र जनताको दीगो विकास हुने कार्य गर्नुपर्छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेर देखाउन जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्व, ६ नं. वडाध्यक्ष हरिराम सुवाल, प्रशासन अधिकृत अम्बिका धौभडेल, दिलकृष्ण माक, राजेश दिस्ती, काशिलाल प्रजापति र विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कर्मचारी एशोसिएसनद्वारा प्रकाशित २०७६ को भित्तेपात्रो प्रमुख प्रजापति र उपप्रमुख जोशीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
यसैबीच ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा पनि शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले समाजवादीहरू समुदाय र पुँजीवादीहरू निजीकरणको पक्षमा हुन्छ भन्नुभयो ।
पाँचतले मन्दिर, ५५ झ्याले दरबार, बत्सला मन्दिरलगायतको अनुसन्धान गरी विद्यावारिधि गर्न सकिने प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख, कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् आर्किटेक्ट रजनी जोशीले कालीगढ तथा प्राविधिकहरू तयार गरी मौलिकता झल्कने कार्य गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई.सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई.सुनिल दुवाल, उपप्राचार्यलगायत विभागीय प्रमुख तथा प्रशासनिक प्रमुखहरूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply