भर्खरै :

दरबारस्क्वायरमा तीनदिने चित्रकला प्रदर्शनी

भक्तपुर, २९ चैत । भक्तपुर दरबार स्क्वायरमा शुक्रबार साटर्डे प्लेन एअर वर्कशपद्वारा तीनदिने चित्रकला प्रदर्शनी शुभारम्भ गरियो ।
प्रदर्शनीको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राचीनकालमा भाषाको विकास नभएको बेलामा बाटो पहिल्याउनको लागि मान्छेले चित्रकलाको विकास गरेको चर्चा गर्दै अबका कलाकारहरूले चित्रकलालाई जनताको सेवामा लगाउनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले विद्यालय–विद्यालयमा चित्रकलाको प्रतियोगिता गर्दै नयाँ पुस्तालाई उत्साहित गरी चित्रकलाको विकासमा ध्यान दिइरहेको स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले यहाँको कला, संस्कृतिको जगेर्ना गर्दै मौलिक शैलीमा सम्पदा संरक्षण गरी विभिन्न देशका पर्यटकहरूको ध्यानाकर्षित गराउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका दिपेश प्रधान, कलाकार रमेश प्रधान, राजेन्द्र प्रधान, केशव राजथलालगायतले बोल्नुभएको थियो । प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *