भर्खरै :

भुवनेश्वरी माविमा शैक्षिक प्रदर्शनी

भक्तपुर, २९ चैत । भुवनेश्वरी माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीले विज्ञान, गणित, पेशा व्यवसाय र प्रविधि तथा सामाजिक अध्ययन विषयहरूमा करिब तीस वटा स्टलहरूमा विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शनमा राखिएका थिए ।
सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले कार्यक्रम उद्घाटन गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा समितिका संयोजक किरण थापामगर, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याइच्याई, प्रअ कृष्णप्रसाद छुस्याकी, श्रीराम ब्यान्जू, नरेन्द्र सुकुभटु र राजेश वासुले पनि बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापक समितिका अध्यक्ष उपेन्द्रराज केसीको सभापतित्वमा भएको थियो ।
वार्षिक कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी र वर्षभरिको अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *