अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २९ चैत । गणेश माध्यमिक विद्यालय, ननाबुँ सिपाडोलको ३३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक, अभिभावक र शिक्षकहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका पूर्वप्रधानाध्यापक नारायणबहादुर दुवालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षकहरूले आत्मीय व्यवहार गर्नुपर्ने भनाइ राख्दै अभिभावकहरूबाट प्राप्त सुझावलाई मनन गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।
सार्वजनिक मावि, संयुक्त परीक्षा समिति, भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याईंले सामुदायिक विद्यालयका शिक्षकहरूलाई समय–समयमा तालिम र विभिन्न विधामा पुरस्कृत गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सूनपा वडा नं ८ का वडाध्यक्ष किरण थापामगर, पूर्व प्रअ मीना मास्के, पूर्व प्रअ एवम् विद्यालयका प्रबन्धक रवीन्द्रकुमार थापा, अभिभावक प्रतिनिधि संगिता सेजवाल, शिक्षाप्रेमी गणेशकुमार मचामसी, सहायक प्रअ यशोदा बजिमय (मल्ल), समन्वयकर्ता हरिकृष्ण दुवाल, शिक्षक प्रकाश तजले र पुण्यशोभा सुवाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा एस.ई.ई. २०७४ मा सहभागी विद्यार्थी र विद्यालयका सहयोगीहरूलाई कदरपत्र वितरण गरिएको थियो ।
Leave a Reply