भर्खरै :

देउजागाउँ आधारभूत विद्यालयमा पुरस्कार वितरण

भक्तपुर, २९ चैत । सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलस्थित देउजागाउँ आधारभूत विद्यालयमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकालाई भक्तपुर नगरपालिकाले जस्तै शिक्षालाई पहिलो प्राथमिकता दिएर गुणस्तरीय शिक्षाको विकासमा पहल गर्ने बताउनुभयो ।
देउजागाउँ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वव्यवस्थापन समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गणेशराम थुसा, विद्यालयका सल्लाहकार बद्री बस्नेत, प्र.अ. सविना राजभण्डारी, शिक्षक निर्मल माक, रामप्यारी न्हेम्हाफुकीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *