भर्खरै :

मदन श्रेष्ठको ‘प्राचीन नगर टोखा’ सार्वजनिक

काठमाडौँ, ३० चैत । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शनिबार एक समारोहबीच ‘प्राचीन नगर टोखा’ पुस्तक सार्वजनिक गर्नुभयो ।
टोखाको इतिहास तथा संस्कृतिबारे मदन श्रेष्ठद्वारा रचित सो पुस्तकले कला र संस्कृति संरक्षणको आवश्यकताबोध गराउने सांसद गोसाईले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, सरकार जातीय दमन र सांस्कृतिक संहारमा लागिरहँदा जनता स्वयम् सरकारको मुख ताकेर नबसी कला–संस्कृति संरक्षण र सम्पदा जगेर्नामा जागरूक भई लाग्न आवश्यक छ । शासक दलको विभेदकारी नीति र हरेक क्षेत्रमा पक्षपात तथा दमन गर्ने प्रवृत्तिविरूद्ध स्रष्टा तथा बौद्धिकहरू अथकरूपमा लाग्न सके समाज थप कुरूपतातिर अगाडि बढ्ने छैन ।
अतिथि गोसाईले मौलिक कला, संस्कृति र भाषाको महत्र्वबोध नयाँ पुस्तालाई गराउनुपर्नेमा जोड दिनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक परिचय व्यापक बनाउन पुस्तक सहयोगसिद्ध हुने धारणा राख्नुभयो ।
साहित्यकार प्रभात सापकोटाले खोजकार्यमा लेखले गरेको प्रयास सराहनीय भएको बताउँदै टोखाको ऐतिहासिक महत्र्व दिनप्रतिदिन बढ्दै गइरहेको चर्चा गर्नुभयो ।
वडा अध्यक्ष दीपक जोशीले टोखामा कमिनसनखोरीका कारण विकासले गति लिन नसकेको र संस्कृति संरक्षणमा उचित ध्यान नगरपालिकाको नेतृत्वले गर्न नसकेको बताउनुभयो ।
मिर्मिरे साकोसद्वारा प्रकाशित पुस्तकबारे टोखाका मूल नाइके हेमराज श्रेष्ठ, टोखा संस्कृति संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल, वरिष्ठ कलाकार राधेश्याम मुल्मीलगायतले बोल्नुभएको कार्यक्रममा पुस्तकका लेखक मदन श्रेष्ठले पुस्तक तयार गर्दाको अनुभव सुनाउनुभयो ।
कार्यक्रमका सभापति राजवीर डंगोलले जनजागरणमार्फत टोखाको सम्पदा, संस्कृति, भाषा जोगाउन अझै सम्भव भएको धारणा राख्दै शासक दलको गलत नीति तथा कार्यविरूद्ध आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *