भर्खरै :

चित्रकला प्रदर्शनी

धनगढी, ४ चैत । आफ्नो भावनालाई रङ्गको माध्यमबाट अभिव्यक्त गर्न ‘क्यानभासमा होली रङ्गीन’ सिर्जित चित्रको प्रदर्शनी यहाँ आज सुरु भएको छ ।
चित्रकला प्रदर्शनीमा विभिन्न सङ्घ संस्थामा आवद्ध व्यक्तिद्वारा सिर्जित ४० वटा रङ्गीन चित्र राखिएका छन् । स्थानीय वनदेवी मन्दिर परिसरमा सुरु भएको सो प्रदर्शनीको शिक्षाविद् डा हेमराज पन्तले शुभारम्भ गर्नुभयो ।
सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित चित्रकला प्रदर्शनीले रङ्गको माध्यमबाट आफ्ना भावनालाई अभिव्यक्त गरी सिर्जनशीलताको अभिवृद्धि समेत गर्दै भावी सन्ततीलाई कला सिर्जनाप्रति अभिप्रेरित गर्ने विश्वास गरिएको ललितकला क्याम्पसका शिक्षक मूर्तिकार ताराप्रसाद ओझाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *