जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
आफूलाई महिलावादी बताउने ओपरा विनफ्रे र अरियाना हफिन्टनका लागि महिला सशक्तिकरण पूँजीवादसँग अन्योन्यास्रित रुपमा गाँसिएको छ । सञ्चारमाध्यमहरुमा छाइरहने उनीहरुका लागि व्यवसायिकरण र ‘स्वतन्त्र बजार’मा सहभागिता नै सशक्तिकरणका मार्गहरु हुन् ।
तर चिलीका ¥याप गायिका अना तिजोका लागि महिला सशक्तिकरण पूँजीवादविरोधी आन्दोलनसँग अन्योन्यास्रित रुपमा गाँसिएको छ । तथाकथित स्वतन्त्र बजार महिला सशक्तिकरणको विपरीत धार भएको उनको विश्वास छ ।
‘हामी पूँजीवादको विरोध, जातिवादको विरोध, फासीवादको विरोध र वर्ग संघर्षबिना महिलावादको कल्पना पनि गर्न सक्दैनौं’, रिसुमेनमा हालै दिएको एक अन्तर्वार्तामा तिजोले भनिन् ।
पूँजीवादी बजारले महिलावाद शब्दको मूलमर्मलाई आफ्नो अनुकूल बनाएको छ । महिलावाद शब्दको वास्तविक अर्थ, आशय, डीएनए र मेरुदण्ड पूँजीवादी बजारले बंग्याएको छ’, उनले भनिन् ।
दिंवगत वामपन्थी गायक भियोलेट्टा पाराबाट प्रभावित तोजोले महिला र कामदार वर्गको संघर्षलाई जोडेर ¥याप गीत गाउने गरेकी छिन् । उनले कामदार वर्गको आन्दोलनभित्र रहेर पुरुष अहंकारवाद र पुरुषसत्ता विरुद्ध लड्नु पर्नेमा जोड दिने गरेकी छिन् ।
आफ्नो चर्चित गीत ‘पितृसत्ताविरुद्ध’ मा तीजोले ‘छरछिमेकबीच चेतनाको संवाहक’ भएर पनि महिला ‘घरको मूली’ बन्न सक्ने कुरा बताएकी छिन् ।
पाराजस्तै उनको अर्को आदर्श गायक हुन्–भिक्टर जारा । ल्याटिन अमेरिकामा सर्वाधिक वामपन्थी गायक जारालाई पिनोचे शासनकालमा हत्या गरिएको थियो । जारा र पारा ‘नयाँ गीत’ नामको सांगीतिक आन्दोलनका नेतृत्वदायी कलाकारहरु हुन् । साल्भाडोर एलेण्डेको प्रगतिशील सरकारविरुद्ध अगस्टो पिनोचेको सैनिक विद्रोहविरुद्ध उनीहरुले गीत गाउने र प्रस्तुत गर्ने अभियान चलाएका थिए ।
आफ्नो गीतमा उनले आफ्ना सहपाठी ‘विद्रोही बलिया महिला’ लाई पितृसत्ता र पूँजीवादको दासता तोड्न आह्वान गरेकी छिन् ।
त्यही गीतमा उनले महिला र मजदुरविरोधी मुद्दामा एकजुट हुन आह्वान गरेकी छिन् । तीजोको लागि क्रान्तिकारी हिपअप गीतहरु नवउदारवादी दमन र महिलाको बस्तुकरणविरुद्ध लड्ने सशक्त हतियार हुन् ।
‘जताततै पितृसत्ता र परम्परागत विचारको प्रभाव बाँकी छ र संगीत मात्र त्यसको अपवाद कसरी बन्न सक्छ र?’ उनले भनिन् ।
‘त्यसकारण हिपअपलाई चर्चित र दिगो शिक्षाको माध्यम बनाउने विषयमा सोच्न जरुरी छ ।’, उनले जोड दिइन् ।
तीजोका बुवा–आमा चिलीका पूर्व सैनिक तानाशाह अगस्टो पिनोचेको शासनकालमा निर्वासित हुनुपरेको थियो । उनको जन्म फ्रान्समा भएको थियो । कालान्तरमा उनी चिलीमा फर्के र हिपअप गायिका बनिन् ।
पाराजस्तै उनको अर्को आदर्श गायक हुन्–भिक्टर जारा । ल्याटिन अमेरिकामा सर्वाधिक वामपन्थी गायक जारालाई पिनोचे शासनकालमा हत्या गरिएको थियो । जारा र पारा ‘नयाँ गीत’ नामको सांगीतिक आन्दोलनका नेतृत्वदायी कलाकारहरु हुन् । साल्भाडोर एलेण्डेको प्रगतिशील सरकारविरुद्ध अगस्टो पिनोचेको सैनिक विद्रोहविरुद्ध उनीहरुले गीत गाउने र प्रस्तुत गर्ने अभियान चलाएका थिए । तीजो हाल ३९ वर्षकी छिन् ।
टेलिसुर
Leave a Reply