अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुशिला
सन् १९८० को दशक दक्षिण अफ्रिकामा हत्या–हिंसा, अपहरण, डकैती र दमनको दशक बन्यो । सन् १९७८ मा प्रधानमन्त्री जोन भस्र्टर (John Vorster) लाई पदबाट राजीनामा दिन बाध्य पारियो । उनको ठाउँ रक्षामन्त्री पीडब्ल्यु बोथा (PW Botha) ले लिए । राष्ट्रप्रमुख र सरकार प्रमुख एकैजना व्यक्ति हुने संविधान संशोधन पारित गरियो । बोथाले दक्षिण अफ्रिकालाई पूर्णतः सैनिक शासनतर्फ धकेलिदियो । दक्षिण अफ्रिकी प्रहरी, सुरक्षा फौज (SADF), नवगठित अघोषित हत्यारा दल, नृशंस कोत्रेइट (Koevoet), दक्षिण–पश्चिम अफ्रिकी प्रहरी प्रतिआक्रमण दल आदि सबै रक्तपातपूर्ण अपराधहरूमा सक्रिय रहे । उनीहरू अफ्रिकाका अन्य देशहरूमा स्वतन्त्रता आन्दोलनका योद्धाहरूको हत्यामा समेत संलग्न रहे ।
बोथा सरकारअन्तर्गतको सुरक्षा फौजले जिम्बाबेको राजधानी हरारेमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको जिम्बाबे समितिका प्रमुख जिओ काबी (Joe Gqabi) को सन् १९८१ मा हत्या ग¥यो । क्रिस हानीको गाडी चालक एवम् विश्वास पात्र सिज्वी कोन्डायल पनि बोथा सरकारको षडयन्त्रमा मारिए । सन् १९८३ मा स्वाजिल्याण्डमा प्रवासमा रहेका काङ्ग्रेस नेता ज्वेली नायदाको हत्या गरियो । आन्तरिक सुरक्षा ऐनको आडमा उनीहरूले अरु धेरै रङ्गभेदविरोधी नेता–कार्यकर्ता र अभियन्ताहरूको हत्या गरे । उनीहरूले काङ्ग्रेस नेताहरू बसेका ठाउँ÷घरमा बम विस्फोट गराउँथे । सन् १९८७ मा स्वाजिल्याण्डमा काङ्ग्रेसका अर्का वरिष्ठ नेता कासियस माकेको हत्या भयो । सन् १९८८ मा काङ्ग्रेसका पेरिस प्रतिनिधि दुल्से सेप्टेम्बरको हत्या भयो ।
तर बोथाको दमनचक्रबीच राष्ट्रिय काङ्ग्रेसको सक्रियता अझ बढेको थियो । प्रमुख नेता टाम्बोमार्फत् पार्टीलाई सहायता गर्नेहरूको सङ्ख्या अझ बढेको थियो । ३४ वटा देशमा काङ्ग्रेसका प्रतिनिधि वा कार्यालय थिए । भर्खर स्वतन्त्र भएको देश जिम्बाबे र त्यहाँका प्रधानमन्त्री रोबर्ट मुगाबेजस्ता सम्पूर्णतः अफ्रिकी महादेशको स्वतन्त्रताका पक्षपातीहरूले दक्षिण अफ्रिकी मुक्ति आन्दोलनप्रति अतुलनीय सद्भाव प्रदर्शन गरेका थिए ।
सन् १९७० को दशकमा स्थापित एमकेको अङ्गोला शिविरमा जहिलेसुकै युद्धमा जान तयार तालिमप्राप्त १० हजारभन्दा बढी लडाकू थिए । तर, नेतृत्वले प्रस्ट कार्यदिशा दिन नसक्दा ती लडाकूहरूमा असन्तोष र निराशा छाएको थियो । उनीहरूले भावना बुझ्न सक्ने नेताका रुपमा क्रिस हानीलाई मात्र देखेका थिए किनभने उनी लडाकूहरूसँगै सुत्थे, तालिम गर्थे र सामान्य कार्यकर्ता जस्तो व्यवहार गर्थे । गुप्तचरभित्र छिर्न सक्ने र आक्रमणको खतरा देखाएर पार्टीका अरु नेताहरूले लडाकूहरूलाई स्वयम्सेवकका रुपमा नभई कैदीको व्यवहार गरेका थिए । यस्तो असन्तोषबीच लडाकूहरूले बेलाबखत विद्रोहसमेत गरे । सन् १९८४ मा भायना शिविर र पाङ्गो शिविरमा त्यस्ता विद्रोह भएका थिए । लडाकूहरूले हातहतियार कब्जा गरेर आफ्ना कमाण्डर र अरु सिपाहीहरूको हत्या गरेका थिए । त्यस्ता गतिविधिले स्वतन्त्रता सङ्घर्षलाई क्षति पु¥याएको थियो ।
अङ्गोलाका शिविरहरूमा भएका यस्ता गडबडीबारे सत्यतथ्य अध्ययन गर्न अध्ययन समितिहरू गठन भए र तिनले सन् १९८४ सम्ममा शिविरका अधिकांश सदस्य त्यहाँका प्रशासकहरूबाट असन्तुष्ट भएको निचोड निकाले । खाना आपूर्ति, आवश्यक सामग्रीको उपलब्धतामा समस्या र महिला कमरेडहरूप्रतिको दुव्र्यवहार नै उनीहरूका प्रमुख असन्तुष्टिका विषय थिए । प्रशासकहरू बढी सुविधाभोगी हुने र सामान्य लडाकूलाई विभेद गर्दा त्यस्ता असन्तुष्टि चुलिएको थियो । खेतीपातीका हिसाबबाट राम्रो ठाउँमा अवस्थित शिविरमा समेत कुहिएको तरकारी र फलफूल खुवाउनु, सजिलै पानी निकाल्न मिल्ने ठाउँमा समेत टाढा–टाढाबाट पानी ओसार्न लगाउनु, नियमित स्वास्थ्योपचारको बन्दोबस्त नहुनु, आदिका कारण लडाकू शिविर सरकारकै कुनै यातनागृह जस्ता बनेका थिए ।
कार्यकर्ता र लडाकूको भावना नजिकबाट सुन्ने र बुझ्ने नेता भएकाले क्रिस हानी यस्तो दुरावस्थाबाट आक्रोशित थिए । उनले भने – ‘यसरी हामीले मानिसहरूलाई बन्दी बनाए सरकारसँग राजनीतिक बन्दीहरू रिहा गराउन माग गर्ने हामीसँग नैतिक हक हुनेछैन । ……..हाम्रो नाममा त्यहाँ अन्याय र गलत काम भइरहेका छन् ।’
अङ्गोलाका लडाकूहरूको मनस्थिति क्रिस हानीले राम्ररी बुझेका थिए किनभने सन् १९६९ मा बोत्सवाना कारागारबाट मुक्त भएपछि उनले पनि त्यस्तै अवस्था सामना गर्नुपरेको थियो र ज्ञापनपत्र बुझाएको भन्दै कारबाही समेत भोग्नुपरेको थियो । लडाकूहरूलाई नियमित राजनीतिक कक्षा र असल नेतृत्वको अभाव भएकाले अङ्गोलामा त्यो अवस्था आएकोमा हानी प्रस्ट थिए । शिविर सुरु हुँदा क्युवाली प्रशिक्षक र पार्टीका नेतृत्वमा शिविर व्यवस्थित, सुसंस्कृत र उच्च तहको सैनिक तालिममा चल्थे । राजनीतिक तालिम र स्तरवृद्धिलाई जोड दिइन्थ्यो । कसैले गल्ती गरे रचनात्मक सजाय दिइन्थ्यो र त्यसमा कार्यकर्ताकै पनि संलग्नता हुन्थ्यो । प्रशासन र लडाकूबीचको दैनिक सम्बन्ध बलियो र मैत्रीपूर्ण थियो । तर, सन् १९७९ मा नोभ कातेङ्गा शिविरमाथि दक्षिण अफ्रिकी हवाइ सेनाले हमला गरेपछि सबै शिविरको अवस्था क्रमशः बिग्रँदै गयो । अङ्गोलाकै युनिटा दलको पटक–पटकको आक्रमणलाई चुपचाप सहने परिपाटीले पनि दक्षिण अफ्रिकी लडाकूहरूमा हतास मानसिकता छाएको थियो ।
दक्षिण अफ्रिकाभित्र फिर्ता पठाइएकामध्ये ६० प्रतिशत कार्यकर्ता गिरफ्तार परेकाले पार्टीमा सरकारी गुप्तचर घुसेको आशङ्का प्रबल थियो ।
तत्कालीन लडाकू शिविरभित्र भए÷गरेका ज्यान सजायबारे अनुसन्धान गर्न पछि गठित आयोगमा बोल्दै त्यतिञ्जेल दक्षिण अफ्रिकाका उपराष्ट्रपति थाबो एम्बेकीले सन् १९८० देखि १९८९ सम्म सैनिक विद्रोह, हत्या र बलात्कारको आरोपमा कम्तीमा ३४ जना लडाकूलाई ज्यान सजाय दिइएको बताए । क्रिस हानी लडाकूहरूको जथाभावीसँग भइरहेको हत्याको विपक्षमा थिए । उनले भने – “एकजना कम्युनिष्टको नाताले मैले सधैं व्यक्तिको मानवअधिकार रक्षा गर्नुपर्नेमा विश्वास गरें । कोही हाम्रो शत्रु नै भए पनि हामीले यातना र कुटपिट गर्नुहुन्न भन्ने मेरो विचार हो । यसो भनेर मैले राष्ट्रिय परिषद्मा धेरैलाई चिढाएको छु । तर त्यहाँ यस्तो विचार राख्ने ममात्र थिइनँ ।”
सन् १९९० फ्रेबुअरी २ मा राष्ट्रपति डे क्लार्क (De Klerk) ले स्वतन्त्रता आन्दोलनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरे । सन् १९८० दशकको उत्तराद्र्धमा अफ्रिकी राष्ट्रिय कङग्रेस एउटा सम्पन्न सङ्गठन बनिसकेको थियो । तथापि पाङ्गो र क्वाट्रोे शिविरको विद्रोहले मुक्ति आन्दोलनभित्रका नालीबेली छताछुल्ल भएको थियो । लडाकूहरू युनिटासँगको लडाइँमा लडे पनि आफ्नै देशभित्र लड्न नपाएको थकथकी उनीहरूमा थियो नै । उनीहरू जोहान्सवर्ग र केपटाउनका सडकहरूमा आमनेसामने लड्न चाहन्थे र रङ्गभेद अन्त्य गर्ने क्रान्तिकारी सपना पूरा नहुँदै विदेशी भूमिमै उमेर ढल्केकोमा पछुताउँथे ।
हानी दक्षिण अफ्रिकी योद्धाहरूलाई अङ्गोलाको क्रान्तिमा मात्र खटाउने विचारसँग सहमत थिएनन् । तर, काङ्ग्रेस सभापति टाम्बोको सामोरा माचेल र फ्रिलिमोसँग नजिकको सम्बन्ध थियो । उनी क्षेत्रीय एकताबद्ध सङ्घर्षमा जोड दिन्थे । उनी अन्तर्राष्ट्रियवादी विचारका थिए ।
स्वतन्त्रता सङ्घर्षमाथिको प्रतिबन्ध फुकुवासँगै नेल्सन मण्डेलालाई पनि रोबेन टापु कारागारबाट मुक्त गरियो । यसअघि सन् १९८९ अक्टोबरमा गोभाना एम्बेकी, वाल्टर सिलुलुलगायत काङ्ग्रेसका नेताहरूलाई पनि रोबेन टापु कारागारबाट मुक्त गरिएको थियो । प्रवासिएका नेता–कार्यकर्ता र जनता क्रमशः स्वदेश फर्किंदै थिए । क्लार्कको घोषणाअघि लण्डनमा स्वतन्त्रता आन्दोलनकारी र गोरा शासकहरू (तीमध्ये प्रायशः व्यापारीहरू थिए) बीच वार्ता भएको थियो । त्यसैलाई आधार मानेर काङ्ग्रेसका उच्च पदस्थ पदाधिकारीबीच केही परिवर्तनको चर्चा भने चलेको थियो । लण्डन वार्तामा काङ्ग्रेसको तर्फबाट थाबो एम्बेकीले नेतृत्व गरेका थिए ।
राष्ट्रपति क्लार्कले दक्षिण अफ्रिकी संसद्मा भने –‘सम्पूर्ण जनताका प्रतिनिधि नेताहरूबीच सहमतिले मात्र दिगो शान्ति दिन सक्छ भन्नेमा अफ्रिकाका व्यापक जनताको एकमत बन्न थालेको छ ।’ फौजदारी अभियोग खेपेकाबाहेक सम्पूर्ण राजबन्दीहरूलाई रिहा गरियो । स्वीडेनमा टाम्बोले निर्णयको सावधानीपूर्वक स्वागत गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद प्रणाली पूर्णरूपमा ध्वस्त नभएसम्म दक्षिण अफ्रिकामा लगाउँदै आएको दबाब चालू राख्न आग्रह गरे । काङ्ग्रेस केन्द्रीय कार्यसमितिले र रिहा भएका नेताहरूबीच स्टकहोममा आकस्मिक बैठक बस्यो । आगामी राजनीतिक मार्गचित्र कोर्नु नै त्यो बैठकको पहिलो लक्ष्य थियो ।
सन् १९९० फेब्रुअरी ११ को दिन नेल्सन मण्डेला जेलमुक्त भए । मे महिनामा उदारपन्थी राजनीतिकर्मी फ्रेडरिक भान जेल स्लाबर्टलगायत रङ्गभेदी सरकारका सुरक्षा प्रमुखहरू अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वसँग भेट्न लुसाका पुगे । उनीहरू दक्षिण अफ्रिकालाई प्रजातान्त्रिक दिशामा डो¥याउन मेलमिलाप र सहमतिको विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए ।
तर, क्रिस हानी तत्काल सशस्त्र सङ्घर्ष परित्याग गर्ने नीतिको विपक्षमा उभिए । धेरै विषय अझ पनि समाधान भइनसकेको अवस्थामा त्यो नीति लिनु आत्मघाती हुने उनको ठहर थियो । ‘स्वतन्त्र राजनीतिक गतिविधिमाथि रोक लगाउने ऐन–कानुनहरू विद्यमान रहेको अवस्थामा एकपक्षीय ढङ्गले सशस्त्र क्रान्ति त्याग्नु अवस्तुगत छ’, उनले भने ।
एमकेको महत्र्वबारे बहस गर्दै उनले भने, ‘एमके सशस्त्र सङ्घर्ष परिचालक हो, उत्प्रेरक हो ।’ एमकेसँग थोरै स्रोत–साधान मात्र हुँदा पनि युद्ध लडेको र दृढतापूर्वक अघि बढेको तथ्य युवा दक्षिण अफ्रिकीहरूको लागि गौरवको विषय थियो ।
लुसाका बैठकले केही महत्र्वपूर्ण सहमतिहरू गरे – सैनिक भर्तीमा रोक लगाउने, सेना ५० प्रतिशतले घटाउने, कमाण्डो प्रणाली खारेज गर्ने, भीड नियन्त्रणको लागि तालिम प्राप्त प्रहरीले हतियार नबोक्ने, दक्षिण अफ्रिकी रक्षा दल (एसएडीएफ), एमके, मातृभूमि सेना र अन्य मुक्ति सङ्घर्षका सेनासहित दक्षिण अफ्रिकी सेना पुनर्गठन गर्ने आदि । लुसाका बैठकपछि हानीले रङ्गभेदी नेशनल पार्टी विभाजित र कमजोर हुँदै गएको निष्कर्ष निकाले जबकि राष्ट्रिय काङ्ग्रेस क्रमशः व्यापक र शक्तिशाली बन्दै थियो । काङ्ग्रेसमा काला जातिका व्यापारी र नेताहरू एकपछि अर्को आबद्ध भइरहेका थिए ।
त्यस्तो परिस्थितिमा क्रिस हानीले कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षणमा जोड दिए । निष्क्रियताले भयावह अवस्था सृजना गर्न सक्दथ्यो । ‘हामीले कार्यकर्तालाई सङ्घर्ष र वार्ता दुवै आवश्यक भएको सिकाउनुपर्छ । यदि वार्ता असफल भए पनि फेरि सङ्घर्ष गर्नेछांै । मलाई लाग्छ हाम्रा शत्रुहरूको छलछामबाट हाम्रा कामरेडहरू चुपचाप नबसून् भनी हामीले कडा सङ्घर्ष गर्नुपर्छ’ – हानीले भने ।
४ मे सन् १९९० को दिन सरकार र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबीच ऐतिहासिक ग्रुट स्चुर माइन्युट (Grote Schuur Minute) मा हस्ताक्षर भयो । २८ अप्रिलको दिन क्रिस हानीले वर्षौंपछि जान स्मुट्स विमानस्थलको दक्षिण अफ्रिकी माटोमा पाइला टेके । उनलाई भर्खर रोबेन टापुबाट रिहा भएका टोकियो सेक्सवेलले स्वागत गरे ।
दक्षिण अफ्रिका फर्केपछिका दिनहरूमा क्रिस हानी र नेल्सन मण्डेलाकी श्रीमती विन्नी मण्डेलाबीच निकट राजनीतिक सम्बन्ध रह्यो । गोरा दक्षिण अफ्रिकी कुलीन वर्गको निम्ति यो सम्बन्ध पाच्य हुनसकेन । तत्कालीन राजनीतिक अवस्थामा उनीहरू दुईजना मिलेर छुट्टै विद्रोही दल स्थापना गर्नेसमेत चर्चा चलेको थियो । तर, सन् १९९१ मई महिनामा विन्नीलाई अनेक लाञ्छना लगाइयो र मण्डेलासँग सम्बन्धबिच्छेद भयो ।
हानीको अधिकांश समय कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा व्यतित भयो । ब्लेड एन्जिमान्दे ९द्यबिमभ ल्शष्mबलमभ० जस्ता युवाहरूको नेतृत्वमा पार्टीलाई जनस्तरमा पु¥याउन उनी सक्रिय थिए । त्यहीबीच उनी सन् १९९१ मा दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको महासचिव पदमा चुनिए । त्यसअघिका महासचिव जिओ स्लोभोलाई हृदयघात भएकाले उनी सक्रिय राजनीतिमा थिएनन् । स्लोभोका योग्य उत्तराधिकारी प्रमाणित हुन हानीले दिन–रात मिहिनेत गरे र आफ्नो बृहत् व्यक्तित्र्व र क्षमता प्रदर्शन गर्न सफल भए । उनी पार्टी संरचनाका व्यक्तिहरूसँग सकेसम्म आत्मीय व्यवहार गर्थे । ताकि उनीहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिन सकियोस् । ५६ वर्षका क्रिस हानीमा गम्भीरता र परिपक्वता पलाउँदै थियो ।
सन् १९९० जुलाई १३ मा जोहान्सवर्गमा दक्षिणपन्थी समूहले गरेको बम विस्फोटमा परी २७ जना सर्वसाधारण घाइते भए । जातिवादीहरूले आफ्ना मित्रहरूको रिहाइको माग गर्दै त्यो विस्फोट गराएका थिए । त्यसको महिना दिनपछि त्रान्सकेई विश्वविद्यालयको एउटा कार्यक्रममा बोल्दै हानीले यदि सरकार लचिलो नबने अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले ‘सत्ता कब्जा गर्नुपर्ने’ विचार राखे ।
सन् १९९० अगस्ट ६ मा प्रिटोरिया सम्झौता भयो । सो सम्झौताअनुसार सन् १९९० सेप्टेम्बर १ देखि राजबन्दीहरूलाई रिहा गर्दै ३० अप्रिल सन् १९९१ सम्मका सबै राजबन्दी रिहा गरिने भयो । सो सम्झौतापछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष स्थगनको घोषणा ग¥यो । केपटाउनमा नेल्सन मण्डेलाले एमकेका कमाण्डर र अरू काङ्ग्रेस नेताहरूको बैठक आयोजना गरी सशस्त्र सङ्घर्ष स्थगनको विषयमा छलफल गरेका थिए । तर, सशस्त्र दक्षिणपन्थी अफ्रिकान्सहरूको खतरा भने अद्यापि बाँकी नै थियो ।
डे क्लार्क सरकार भने क्रिस हानीजस्ता न्यायको पक्ष लिने फरक धारका नेताहरूलाई फेरि पनि दुःख दिने बदनियतमा समय खर्चिरहेका थिए । प्रिटोरिया सम्झौता भएको दुई साता पनि नबित्दै सरकारले हानी, रोनी कासरिल्स, म्याक महाराजजस्ता नेताहरूको स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो । महाराज गिरफ्तारीमा परे, रोनी भूमिगत हुनुप¥यो भने हानी त्रान्सकेईमा बान्टु होलोमिसाको आश्रयमा पुगे । ‘यो मलाई तर्साउन चालिएको कदम हो ….. सङ्घर्ष चालू रहनेछ’, डि क्लार्कको विरोध गर्दै हानीले भने । त्यो साता त्रान्सभाल, क्वा थेम्बा र तेमबिसामा काङ्ग्रेस र सरकार समर्थकहरूबीच भएको दोहोरो भिडन्तमा परी ३ सय ७१ जना सर्वसाधारण मारिए । त्यस्तो अवस्थामा काङ्ग्रेसले भने प्रिटोरिया सम्झौताअनुसार आफ्नो सम्पूर्ण सैनिक गतिविधि स्थगन गरिसकेको थियो ।
सन् १९९० डिसेम्बर १६ को दिन (एमके स्थापना दिवस) मा बसेको अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको राष्ट्रिय सल्लाहकार सम्मेलनले अर्को वर्षको अप्रिल मसान्तसम्म सम्पूर्ण राजनीतिक गतिरोध र समस्या समाधान नगरिए शान्तिपूर्ण जनआन्दोलनमा जाने निर्णय ग¥यो । बैठकले हिंसा अन्त्यप्रति प्रतिबद्धता व्यक्त गर्दै एमके जनरक्षाको लागि भर्ती र तालिमलाई निरन्तरता दिने घोषणा ग¥यो । सो बैठकले काङ्ग्रेसको भूमिगत सञ्जाललाई त्यसपछिको परिस्थितिमा निरन्तरता दिन सकिने समेत निर्णय ग¥यो । हानीको विचार त्यहाँ विजयी बन्यो । त्यतिञ्जेल कम्युनिष्ट पार्टीका महासचिव क्रिस हानी लोकप्रियताको शिखरमा पुगिसकेका थिए । सबैको मुख–मुखमा झुण्डिएको थियो – हानी जिन्दावाद ! (Viva Hani!) सहरका भित्ता –भित्तामा हानीकै पक्षमा अक्षर र चित्र बनाइएका हुन्थे ।
क्रमश…
Leave a Reply