भर्खरै :

आठौँ राष्ट्रिय खेलकूदः साइक्लिङमा आर्मीलाई स्वर्ण

बाँके, २ वैशाख (रासस)ः आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री पुरुष साइक्लिङमा त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । बैजनाथ गाउँपालिका– १ गाभरमा आज भएको सो प्रतियोगितामा आर्मीले एक स्वर्ण र एक रजत पदक जितेको छ । राष्ट्रिय साइक्लिङ खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीका ओकेशराज बज्राचार्यले स्वर्ण जितेका हुन् । बज्राचार्यले ४ दशमलव ६ किलोमिटरको पाँच ल्याप एक घण्टा २५ मिनेट नौ सेकेन्डमा पूरा गरे । आर्मीकै हिमाल टमाटाले सो दूरी एक घण्टा २६ मिनेट ६ सेकेन्डमा पूरा गरी दोस्रो तथा गण्डकी प्रदेशका हिक्मत विकले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा पूरा गरी तेस्रो भए । क्रसकन्ट्री महिला साइक्लिङतर्फ ४ दशमलव ६ किलोमिटरको चार ल्यापमा प्रदेश नं ३ की लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी एक घण्टा २० मिनेट ५२ सेकण्डमा पूरा गरिन् । गण्डकी प्रदेशकी उषा खनालले सो दूरी एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा पूरा गरी दोस्रो तथा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी तेस्रो भइन् । बाँके साइक्लिङ सङ्घका अध्यक्ष राजकुमार विसीका अनुसार पुरुष साइक्लिङमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा ६ वटा प्रदेशका ३० खेलाडी सहभागी थिए । महिला साइक्लिङमा १२ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *