भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, ५ चैत्र । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले निर्वाचनमा विजयी हरेक उम्मेदवारहरुले आफ्नो घोषणा पत्र अक्षरस पालना गर्न निर्देशन दिनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ मा विजयी उम्मेदवारहरुलाई बधाई र सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्न शनिबार आयोजित कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
निर्वाचनमा घोषणा पत्रकै आधारमा मत माग्ने हुँदा निर्वाचनबाट जितिसकेपछि हरेक विजयी उम्मेदवारले घोषणा पत्र मार्फत् गरिएका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । साथै विजयी उम्मेदवारहरुलाई बधाई एवं शुभकामना दिनुहँुदै सचिव प्रजापतिले आर्थिक हिसाब पारदर्शी बनाउन र संगठनको नीति निर्देशन अनुसार काम गर्न निर्देशन दिनुभयो । पञ्चायतकालमा पार्टीले चुनावको उपयोग गर्दै व्यापक जनताहरुलाई राजनीतिक चेतना जगाउने काम गरेको बताउँदै पञ्चायतभित्र घुसेर पनि कक्षा ७ सम्म शिक्षा निःशुल्क गर्ने, माक्र्स ऐंगेल्सका जीवनी प्रकाशन गर्ने काम गरेको बताउनुभयो । उहाँले अब हुने स्थानिय तहको निर्वाचनको निम्ति पनि सम्पूर्ण पार्टी कार्यकर्ताहरु तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
त्यस्तै नेक्राविसंघका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले संगठन सक्रिय र बलियो रहे मात्र स्ववियुमा नेक्राविसंघको संघर्ष सफल हुने बताउँदै विद्यार्थीहरुको वैचारिक, सैद्धान्तिक र वर्गीय चेतनाको स्तर वृद्धि गर्न प्रकाशनलाई पनि जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले पार्टीको उद्देश्य अनुरुप नै स्थानिय निकायका जनप्रतिनिधिहरुले काम गरी उच्च मावि, कलेजहरुको स्थापना गर्दा भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास हुन सकेको बताउनुभयो ।
नेक्राविसंका पूर्व केन्द्रीय सदस्य एवं भक्तपुर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति रामप्रसाद प्रजापतिले विजयी उम्मेदवारहरुलाई बधाई दिनुहुँदै भ्रष्टाचार, भागबन्डा, गुन्डागर्दीको केन्द्रको रुपमा विकास बदनाम भएको स्ववियुलाई विद्यार्थीहरुको हकहित र अधिकार रक्षा गर्ने संस्थाको रुपमा विकास गर्नु नै नेक्राविसंघको वास्तविक जीत हो भन्नुभयो ।
नेक्राविसंघका अध्यक्ष नीरज लवजूले स्ववियुको अस्तित्व जोगाउने नेक्राविसंघको प्रयास सफल भएको बताउँदै संघले सदैव स्ववियु चुनाव निर्धारित मितिमै हुनुपर्ने अडान राखेको बताउनुभयो । उहाँले स्ववियु चुनाव भएकै कारण अब देश स्थानिय तहको निर्वाचनमा लागिपरेको बताउँदै विद्यार्थी संगठनहरुमध्ये नेक्राविसंघले मात्रै विद्यार्थीहरुमाझ घोषणा पत्र वितरण, बहस र छलफल कार्यक्रम चलाएकोमा गौरवको अनुभुति गरेको बताउनुभयो ।
ख्वप ईन्जिनियरिङ कलेजमा सम्पन्न उक्त कार्यक्रममा नेक्राविसंघ केन्द्रीय सचिव नरेश खत्री, कोषाध्यक्ष सुरेशन धुसू, भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष दिनेश खड्गी र सानोठिमी क्याम्पसका जानकी सिजापतिले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply