आमूल परिवर्तनको नयाँ विचार बोकेका युवाहरूमा त्याग, तपस्या र बलिदान जरुरी हुन्छ
- आश्विन ३, २०८३
काठमाडौँ, ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस आफ्नो भूमिकाबाट विमुख भएको बताउनुभएको छ ।
बिहीबार एभरेस्ट नेपाल अनलाइन टीभीका सञ्चारकर्मी ज्योतिकिरण रिजालसँग देशको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्दै अध्यक्ष बिजुक्छेँले नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षको भूमिका निर्वाहभन्दा पनि राज्यका विभिन्न अङ्गमा भागबण्डा प्राप्त गर्न लागिरहेको बताउनुभयो ।
नागरिकतासम्बन्धी पछिल्लो चर्चाबारे टिप्पणी गर्दै उहाँले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बने देशका धनी व्यापारीहरू सबै नाङले पसलेमा परिणत हुने धारणा राख्नुभयो ।
“विदेशी पुँजीले नेपालका सबै पुँजीपतिलाई सखाप पार्नेछ । त्यत्तिबेलासम्म पछुताउनुबाहेक अरू केही विकल्प हुनेछैन ।”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
स्थानीय तहलाई अझै पनि अधिकारसम्पन्न बनाउन नसकिएको मत राख्दै उहाँले शिक्षा र मालपोतसम्बन्धी अधिकार स्थानीय तहलाई दिने कानुन बनिसकेर पनि सङ्घीय सरकारले फिर्ता लिएकोमा आपत्ति जनाउनुभयो ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले डोजर किनेर जथाभावी पहाड भत्काउँदै बाटोघाटो बनाउने काममा शासक दलबाट नियन्त्रण गरिनुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाउने प्रसङ्गबारे सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “उहाँले खास भन्न खोज्नुभएको पानीजहाज होइन, फेरी भन्नुभएको हुनुपर्छ ।”
राणा शासनमै अमलेखगञ्जसम्म रेल चलिसकेको अवस्थामा अहिलेको सरकारले रेल चलाउने बताएको नौला नभएको टिप्पणी गर्दै उहाँले रेल चलाउनुअघि निजी यातायात व्यवसायीको दबाब सरकारले ठेग्न सक्नेमा शङ्का रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष रोहितले चीनमाथि आक्रमण गर्न संरा अमेरिकाले पूर्वी र दक्षिण एसियामा सैनिक गठबन्धन बनाउन खोजिरहेको विश्लेषण गर्नुभयो ।
“पश्चिमा देशहरू अबको युद्ध एसियामा होस् भन्ने चाहन्छन् । यसकारण एसियालीहरूबीच विभाजन ल्याएर युद्धको बीउ रोप्ने प्रयास भइरहेको छ । भारतको फासीवादी सरकारले त्यसमा मद्दत गरिरहेको छ”, उहाँले भन्नुभयो ।
Leave a Reply