अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ५ वैशाख । नयाँवर्षको पहिलो साता वन्यजन्तुहरूको संरक्षणका लागि जनचेतना अभिवृद्घि गर्ने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइँदै आएको छ । यो वर्ष पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण सङ्घ नेपाल र अन्य सङ्घ संस्थाहरूद्वारा “वन्यजन्तु संरक्षणका लागि सहकार्य” भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइयो । सप्ताहको चौथो दिन भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यानमा चरा चुरुङ्गीहरूको अवलोकन कार्यक्रम भयो ।
कार्यक्रममा चराचुरुङ्गीहरूको महत्व र संरक्षणको आवश्यकता आंैल्याइ सहभागीहरूलाई उद्यान क्षेत्रमा पाइने चराहरूको पहिचान गराइयो । सूर्यविनायक वनमा संसारकै दुर्लभ जीव सालकको वासस्थानको अवलोकन गराइयो । उक्त कार्यक्रममा चरा विज्ञहरू, संरक्षणकर्मीहरू, भक्तपुर बहुमुखी क्याम्पस, त्रिचन्द्र कलेज, काठमाडौँ फोरेस्त्री कलेजका विद्यार्थी र स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।
वन्यजन्तु सप्ताहको अवसरमा भक्तपुरको तेस्रो ध्रुव संरक्षण नामक संस्थाद्वारा भक्तपुरमा रहेका वन्यजन्तुहरूको संरक्षणका लागि सप्ताहको दोस्रो दिन सल्लाघारीस्थित सैनिक महाविद्यालयको परिसरमा रहेका चमेराहरूको अवलोकन गराइयो । तेस्रो दिन ब्यासीस्थित प्रभात इङ्गलिस मा.वि. को परिसरमा रहेका लाटोकोसेरोको अवलोकन गराइयो ।
ती अवलोकनहरू भक्तपुर बहुमुखी क्याम्पसका प्राणीशास्त्री दिक्पाल कर्माचार्य, मिलन गणेजु, राधेश्याम कुटुव, लिटिल एन्जेल्स स्कूलका प्राणीशास्त्री रविता दुवाल, बासु मा.वि. का वनस्पतिशास्त्री अनिता खर्बुजा र फोटोग्राफर रमेश कपालीको टोलीले गरेको थियो ।
Leave a Reply