भर्खरै :

कोशकार नेपालको निधन

काठमाडौँ, ७ वैशाख (रासस) ः कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उहाँकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ । विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा हुनुहुन्थ्यो । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोड्नुभएको उहाँका माहिला छोरा विनयकुमारले राससलाई जानकारी दिनुभयो । उहाँ मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो । उहाँले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गर्नुभएको छ । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गर्नुभएको छ । हालसम्म उहाँका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । उहाँका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *