मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौँ, ७ वैशाख । वैशाख १२ देखि १४ गतेसम्म चीनको राजधानी पेइचिङमा ‘बेल्ट एन्ड रोड परियोजना’ को दोस्रो विश्व सम्मेलन हुँदैछ । ‘बेल्ट एन्ड रोड सहकार्य ः उज्यालो भविष्यको आकार कोर्दै’ नाराका साथ हुने सम्मेलनमा सहभागी बन्न राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सम्मेलनमा ३७ देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखसहित १५० भन्दा बढी देश र ९० वटा अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड परियोजना घोषणा गरेपछि दोस्रोपटक हुन लागेको सम्मेलनमा ५ हजारभन्दा बढी विदेशी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
चीनका विदेशमन्त्री वाङ यीका अनुसार अघिल्लो सम्मेलनमा भन्दा दोब्बर सङ्ख्यामा यो सम्मेलनमा विषयगत छलफल हुनेछ । तीमध्ये एउटा छलफलमा नेपालका राष्ट्रपतिले पनि बोल्नु हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङले सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख वक्ताको रूपमा मन्तव्य दिने कार्यक्रम रहेको चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको सञ्चारकर्मीहरूको भेटघाटमा जानकारी दिइयो ।
सी चिनफिङले संसारका सबै देशको ‘साझा भविष्य र साझा समृद्धि’को लक्ष्यका साथ प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजना सन् २०१३ घोषणायता संसारमा सबभन्दा बढी छलफल र चासो भएको विषयमध्ये पर्दछ । निकै छोटो समयमै बेल्ट एन्ड रोड परियोजना अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रको महत्वपूर्ण अध्ययनको विषय बन्यो । तर, यो परियोजनाको आयाम राजनीति र अर्थतन्त्रमा मात्र सीमित छैन । कूटनीति र संस्कृतिदेखि लिएर लगभग धेरै विषयमा बेल्ट एन्ड रोड परियोजनाको प्रभाव विस्तार भएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा चीनको चुलिएको भूमिकासँगै यसको प्रभाव विस्तार भएको हो । चीनका धेरै विश्वविद्यालयमा आज बेल्ट एन्ड रोड परियोजना प्राज्ञिक अध्ययनको विषय बनेको छ ।
छिमेकी देश भूराजनीतिक कोणबाट सम्वदेनशील क्षेत्र र बेल्ट एन्ड रोडको साझेदार देश भएकोले चीनले नेपाललाई सधैंझैं यतिबेला पनि प्राथमिकतामा राखेको छ । चीन राजनीतिक र सामरिकरूपमा नेपाललाई आफ्नो विरोधमा कसैबाट प्रयोग नहोस् भन्नेमा सजग छ । पश्चिमा शक्तिको प्रायोजनामा भइरहेको तिब्बती पृथकतावादी विद्रोहको लागि नेपाल स्प्रिङबोर्ड नहोस् भन्ने चिनियाँ चासो अद्यापि कायम नै छ । तिब्बती पृथकतावादी शक्तिहरू क्रमशः कमजोर बन्दै गएको र तिब्बती जनता स्वयम् चिनियाँ विकासको मूलधारमा एकाकार भएर अघि बढिरहेको परिस्थितिमा नेपालप्रति निकट भविष्यमा चिनियाँ चासो तिब्बती पृथकतावादसँग मात्र सीमित हुने देखिंदैन ।
कहिलेकाहीं तलबितल भए पनि अहिले चीन र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण छैन । वास्तवमा चीन र भारत दुवै देश आपसमा हिजोको जस्तो वैरभावपूर्ण सम्बन्ध राख्नै सक्दैनन् । विश्वभर फैलिएको चीनको प्रभावलाई न भारतले अस्वीकार गर्नसक्छ न संरा अमेरिकाले छोप्न सकेको छ । शीतयुद्धको समाप्तिपश्चात् संसारमा आफ्नो एकछत्र राज गर्दै आएको संरा अमेरिकाको साम्राज्यवादी पुँजीलाई चीनको उदय रूच्ने कुरै भएन । त्यसमाथि बेल्ट एन्ड रोड परियोजनामार्फत संसारमा चीनले फैलाएको आपसी समृद्धि र सहयोगी सम्बन्ध संरा अमेरिकाको निम्ति ठूलो टाउको दुखाइको विषय बन्दै आएको छ । असंलग्न परराष्ट्र नीतिको बखान गरे पनि भारतीय शासक वर्ग संरा अमेरिकी शासक वर्गसँग निकटता खोजिरहेको छ । संरा अमेरिकी हिन्द प्रशान्तीय सैनिक गठबन्धनमा भारतीय सक्रियताले भारत नजिकको चीनसँग हात मिलाउनुभन्दा टाढाको संरा अमेरिकासँग आशीर्वाद थाप्नमा बढी उत्सुक देखिएको छ । यस्तो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको अवस्थामा चीन र भारतबीच रहेको नेपालले कूटनीतिक परिपक्वता र सजगता अपनाउनुको बिकल्प छैन । बेल्ट एन्ड रोड परियोजनामा भारत सहभागी बनेको छैन । बरू भारतले वैरभाव राख्दै आएको पाकिस्तानमा यो परियोजनाअन्तर्गत पूर्वाधार निर्माणको गतिविधिले तीब्रता लिइरहेको छ । दक्षिण एसियाको यो अवस्थालाई नेपालले संवदेनशील भएर मनन गर्न जरूरी छ । दक्षिण एसियालाई आफ्नो मौजा मान्ने भारतीय विस्तारवादी सोचमा अब परिवर्तन नगरी भारतलाई सुखै छैन ।
नेपालका राष्ट्रपतिको भ्रमणलाई ‘आग्रह’ गरेर राजकीय भ्रमण गर्नु कूटनीतिकरूपमा अशोभनीय हो । अतिथि बोलाउने आयोजकले को अतिथिलाई कति हैसियत दिने भन्ने कुराको निर्धारण गर्ने हो । मागी मागी हैसियत बनाउनु अशोभनीय काम हो ।
निःसन्देह बेल्ट एन्ड रोड परियोजना विकास र समृद्धिको परियोजना हो । यो परियोजनामा संलग्न देशमा चीनले पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । तसर्थ नेपालले पनि यो परियोजनाको भरपूर लाभ लिनुपर्छ । चीनले हासिल गरेको विकासको गतिमा नेपाललाई पनि पु¥याउनु नेपाली जनताको चाहना हो । तर, नेपालले लाभ उठाउने नाममा चीनबाट मागेरै सबै विकास गर्ने सोच्नु दरिद्र मानसिकता हो । बेल्ट एन्ड रोड परियोजनामा नेपालले समर्थन गर्नुको अर्थ चीनबाट ‘लुट न कान्छा लुट’ गर्नु होइन ।
नेपाल र नेपाली जनता आफैँले पनि आफ्नो देशको पूर्वाधार विकास र आधारभूत आवश्यकता पूर्तिको लागि योजनाबद्ध काम गर्नुपर्छ । नेपालमा सित्तैमा रेल ल्याउनमात्र बेल्ट एन्ड रोड परियोजनामा हस्ताक्षर गर्नु कूटनीतिक हीनतामात्र हो । छिमेकीले दिएको सहयोगलाई पनि कौडीको मोलमा बेची खाएको अँध्यारो इतिहास भएको नेपालमा बेल्ट एन्ड रोड परियोजनाको नाममा पूर्वाधार विकास गर्न लगाएर फेरि लुटपाट गर्ने सोच राखेको भए यसमा परिवर्तन गर्नु आवश्यक छ ।
चीनको विकास कुनै देशको देन होइन । चिनियाँ जनताको लामो लडाइँ र सङ्घर्षको नतिजा आज चिनियाँले भोगिरहेका छन् । नेपालले सबभन्दा प्राथमिक रूपमा सिक्नुपर्ने पाठ स्वाधीनताको लागि चीनले गरेको इतिहास हो । मागेरै कुनै पनि देश विकास हुनसक्दैन । हाम्रो बलबुत्ताभन्दा परका प्रविधि हामी सहयोग माग्न सकौँला अथवा त्यसबारे अरू देशबाट सिक्नसक्छौँ । तर, मागेर देश कहिल्यै पनि उँभो लाग्दैन । हाम्रा आधारभूत आवश्यकता हामीले नै पूरा गर्नुपर्ने पाठ चीनबाट हामीले सिक्न आवश्यक छ ।
दोस्रो बेल्ट एन्ड रोड सम्मेलन चीनसँग हात फैलाउने अर्को मौका नहोस् । बेल्ट एन्ड रोड परियोजना विश्वको समृद्धि र गरिबीबाट मुक्तिसँग जोडिएको परियोजना हो । यसको पहल चीनले गरेको हो । आज यो परियोजना संसारको साझा परियोजना बनिसकेको छ । तसर्थ राष्ट्रपतिले पेइचिङको सम्बोधनमा बेल्ड एन्ड रोड परियोजनामा नेपालले पु¥याउन सकिने योगदानबारे बोल्नु स्वाभिमानी हुनेछ ।
Leave a Reply