सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
- भाद्र २१, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले भारतमा दक्षिणपन्थी शक्तिको सत्तारोहणले नेपालको आन्तरिक मामिलामा प्रभाव पर्न सक्नेप्रति सजग बन्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लवले आइतबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले भारतको दक्षिणपन्थी धार्मिक साम्प्रदायिकताको असर नेपालमा पनि पर्नसक्ने बताउनुभएको हो । ।
उहाँले कञ्चनपुर–राजविराजमा भएको अप्रिय घटनाले देशलाई अलग मोडमा लगेको भन्दै मधेसी मोर्चाको अवरोध प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप भएको बताउनुभयो ।
धर्मलाई राजनीतिबाट अलग्ग राखिनुपर्ने मत जाहेर गर्दै नेता बिजुक्छेंले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्वाचन आयोगेको निर्णय र राप्रपाबीचमा छलफल, निर्वाचन ऐन–नियम र आचारसंहिता तथा अदालतबाट निर्णय हुने विषय हो र त्यसैअनुसार अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ऐन–कानुन बनिसकेको छ, आचारसंहिता लागू गर्दै निर्वाचन अगाडि बढेमा र वैदेशिक हस्तक्षेप नभएमा देशमा स्थानीय निकायको निर्वाचन समयमै सम्भव भएको उहाँले स्पष्ट पार्नुभयो ।
धर्मलाई राजनीतिबाट अलग्ग राखिनुपर्ने मत जाहेर गर्दै नेता बिजुक्छेंले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्वाचन आयोगेको निर्णय र राप्रपाबीचमा छलफल, निर्वाचन ऐन–नियम र आचारसंहिता तथा अदालतबाट निर्णय हुने विषय हो र त्यसैअनुसार अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘सत्तासीन पार्टीले निर्वाचन आयोगलाई दबाब दिंदै आएको तथ्य हामीमाझ छ । निर्वाचन आयोगलाई दबाब दिने र हस्तक्षेप गर्ने सरकार र राजनीतिक पार्टीहरू सिद्धान्तविपरीतको काम गर्दैछन् । आचारसंहिता पालना गराउन निर्वाचन अयोग पूर्ण रुपले स्वतन्त्र, निष्पक्ष अधिकार सम्पन्न भएर काम गर्न पाउनुपर्छ’ – अध्यक्ष बिजुक्छेंले आफ्नो विचार व्यक्त गर्नुभयो ।
Leave a Reply