भर्खरै :

देशको प्रतिष्ठाका लागि प्रतिस्पर्धी खेलाडी

भक्तपुर, १३ वैशाख । भक्तपुरका उत्कृष्ट खेलाडीहरूलाई शुक्रबार एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरूलाई सम्मान गर्नुभयो । कार्यक्रममा बिजुक्छेँले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय मार्चपास प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
समारोहमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले युग सुहाउँदो प्रतिस्पर्धी खेलाडीहरूले देशको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
खेलाडीहरू व्यक्तिगत स्वार्थमा फस्न नहुने बताउँदै उहाँले विद्यालय जीवनदेखि खेल क्षेत्रमा भएको संलग्नताले विद्यार्थीको आत्मविश्वास बढाउन र विद्यार्थीको अतिरिक्त क्रियाकलापमा स्तर मापनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले खेलकुद प्रतियोगिता र सम्मान कार्यक्रमले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गरी कुलतबाट जोगाउन मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शारीरिक र मानसिक विकास गराउन मार्चपास प्रदर्शन आयोजना गरेको बताउँदै समाजलाई सभ्य र सुसंस्कृत बनाउन खेलकुदको आवश्यकता आँैल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न खेलकुदलाई प्राथमिकतामा राखी कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।
प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले भक्तपुर नगरपालिकाद्वारा आयोजित खेलाडीकेन्द्रित गतिविधिले खेलाडीहरूको जोश, जाँगर र स्फूर्ति कायम रहने विश्वास व्यक्त गर्दै खेल क्षेत्रलाई अझ व्यवस्थित ढ·ले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । मार्चपास प्रतियोगिताले विद्यार्थीलाई सक्रिय बनाइराख्ने बताउँदै सांसद गोसाईंले भक्तपुर नपाले शिक्षा, खेलकुद र रचनात्मक क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले फूटबल, भलिबल, बक्सिङ, कराँते र टेबुलटेनिस खेलको प्रशिक्षण दिई खेलकुद गतिविधिलाई वडा तहबाटै व्यापक बनाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले विद्यालय जीवनमा खेल क्षेत्र पनि अति आवश्यक भएको हुँदा विद्यार्थीको स्तर पहिचानमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय मार्चपास प्रतियोगितामा भक्तपुर नगरभित्रका १४ वटा विद्यालयले सहभागिता जनाए भने अरू विभिन्न विद्यालय ¥यालीमा सहभागी थिए । मार्चपास प्रतियोगितामा मेधा मावि प्रथम, जेसिस ई. स्कूल द्वितीय, माउन्ट भ्याली तृतीय, एभरेष्ट ई. स्कूल र डेमोस ई. स्कूलले सान्त्वना स्थान हासिल गरेका थिए । भक्तपुर नपा वडा नं. ९ दत्तायबाट सुरु भएको ¥याली इनाचो, गोल्मढी, टौमढी, नासमना, वंशगोपाल हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
वर्षका उत्कृष्ट खेलाडीहरू
टेबलटेनिसमा रेखाङ तामाङ र दिया देउला, ब्याडमिन्टनमा प्रज्ज्वल खत्री र रमा मातां, बास्केटबलमा मनोजराज राजोपाध्याय र आयुषा नातरी, कसिमला पायमा मनिष तोलांगे र कृषा नागा, कबड्डीमा अजय मानन्धर र इसुदा गिरी, कराँतेमा सुन्दर तामाङ र सरिता तामाङ, किक बक्सिङमा प्रकाशकुमार विष्ट र पद्मा सम्भवी तामाङ, खो खोमा रोहन सुवाल र तृष्णा शिलाकार, पोर्टबलमा सञ्जीव तामाङ र प्रशन्ना सुजखू, बक्सिङमा सुजन पौडेल र अस्मिता दुवाल, जिम्नास्टिकमा प्राञ्जल थापामगर र तारा सिवाकोटी, एथलेटिक्समा क्रिजल धुख्वा र स्वागता खाइजू वर्षका उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।
त्यस्तैगरी भलिबलमा दुर्गाबहादुर सुनार र मञ्जु लागेजू, बुद्धिचालमा निकेन कुसाथा र अंशुदिल प्रजापति, उसुमा कान्ति लामा र लुमन्ती श्रेष्ठ, शारीरिक सुगठनमा प्रवेश श्रेष्ठ, लन टेनिसमा कृष्णगोविन्द कासुला, फूटबलमा किशोर सुवाल र करुणा परियार, पावर लिफ्टिङमा राजेश सुवाल र पार्वती खड्का, तेक्वान्डोमा किरण सितिखू र रीता मुस्याख्व उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भएका थिए ।
उत्कृष्ट निर्णायकमा आशाराम गोठे (एथलेटिक्स), सुमेध प्रधान (टेबलटेनिस), विकास ख्याजू (टेबलटेनिस), सुशान्त नायजू (टेबलटेनिस), गणेशप्रसाद सुवाल (शारीरिक सुगठन), विष्णुबहादुर मानन्धर (शारीरिक सुगठन), श्याम लाखा (शारीरिक सुगठन), बाबुकाजी मानन्धर (शारीरिक सुगठन), अशोक घजु (शारीरिक सुगठन), जोन्सन जोन्छे (शारीरिक सुगठन), रामबहादुर क्षेत्री
(तेक्वान्डो), सुजन तामाङ
(तेक्वान्डो), सरोज लवजू
(तेक्वान्डो), राजेश कुसी
(तेक्वान्डो), बिना नावाछें श्रेष्ठ
(फूटबल), राजकुमार लघु
(बुद्धिचाल), इन्द्रभक्त पञ्च
(बुद्धिचाल), पूर्णसुन्दर श्रेष्ठ
(बुद्धिचाल), शिवसुन्दर श्रेष्ठ
(बुद्धिचाल), सुमन जोशी
(बुद्धिचाल), अनिष सुवाल (कबड्डी) पुरस्कृत भएका थिए ।
प्रशिक्षक कोर्स उत्तीर्ण प्रशिक्षकहरूमा सुन्दर प्रजापति
(पेन्टाथलन), रुपेशकुमार विष्ट
(भलिबल), लक्ष्मी बन (भारतोलन), पद्मा खयरगोली (क्येकुसिन), अन्तर्राष्ट्रिय पदक प्राप्त (भारतको नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा पदक प्राप्त), सोफिया त्यात (तेक्वान्डो), प्राची किवानायो (तेक्वान्डो), सुन्दर सुवाल (तेक्वान्डो), अर्वित सितिखु (तेक्वान्डो), कैलाशभक्त तज (तेक्वान्डो) पनि शुक्रबार सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *