ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
सञ्चिता घिमिरे
काठमाडौँ, १३ वैशाख । काठमाडौँको तीनकुनेस्थित बागमती पुलको काम सुस्तगतिमा भइरहेको छ ।
यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष ६ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महिनामा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
ठेकेदारले नियमितरूपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । सुरुको वर्षमा डिजाइन बनिनसकेको भए पनि अहिले ठेकेदारले नियमितरूपमा काम नगरेको उहाँको भनाइ छ । यो पुल निर्माण सुरु हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउनमा चासो नदिएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयले संरचना हटाउन चासो नदिएपछि अहिले हामी आफैँले नै हटाएर काम गरिरहेका छौँ ।” अहिलेसम्म पुलको जगको काममात्रै सम्पन्न भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
ठेक्का अवधि सकिएर एकपटक अवधि थप हुँदा पनि ठेकेदार कम्पनीले काममा ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नगर्ने हो भने त्यही कम्पनीलाई अवधि थप गरिरहने भन्ने हुँदैन ।”
यो पुल निर्माण ढिलाइको मुख्य कारण ठेकेदारको ढिलाइ भए पनि त्यससँगै डिजाइनमा लामो समय लाग्नु र संरचना समयमा नहट्नु पनि रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । सरकारले यसअघि बनाउँदै आएको अरु सामान्य पुलमा पहिले विज्ञलाई डिजाइन गराएरमात्रै ठेक्का आह्वान गर्ने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । डिजाइनले नै सम्झौताको आधा समय अर्थात् डेढ वर्ष लागेको उहाँले जानकारी दिनुभयो ।
‘ठेक्का अवधि सुरु भएपछिको पहिलो डेढ वर्ष डिजाइनमा नै सकियो”, उहाँले भन्नुभयो, नेपालमा पहिलो पटक भित्रिएको यो प्रविधि सहरी क्षेत्रका लागि उपयुक्त मानिने श्रेष्ठले बताउनुभयो । अरु सामान्य प्रविधि (आरसीसी) भन्दा पुल देख्दा सुन्दर देखिने र लामो आयु हुने उहाँले बताउनुभयो ।
अरु पुलमा भारबहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । ठेकेदारमार्फत गरिरहेको काममा त्यहाँ रहेका संरचना हटाएर ठेकेदारलाई काम गर्न ‘साइट’ खुला गर्नुपर्ने जिम्मेवारी आयोजनाको हो । डिजाइन सकिएको एकवर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको उहाँले बताउनुभयो । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनसन लाइन हटाउन नसकेकोले काममा बाधा पुगेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बारम्बार पत्राचार गर्दा बेवास्ता भएपछि हामी आफैले त्यहाँका संरचना हटाएका थियौँ ।” जापान सरकारको सहयोगमा निर्माण भएको माइतीघर–तीनकुने सडक आठ लेन भए पनि यहाँ रहेका दुई सडक पुल चार लेनको थियो । निर्माणाधीन धोबीखोला र बागमती पुल सम्पन्न भए पनि यो सडक आठ लेनको हुनेछ । सो पुलको निर्माण भएपछि तीनकुनेदेखि जडीबुटीसम्म दैनिक हुने सडक जाममा कही कमी आउने विश्वास लिएको छ ।
विश्वका विकसित देशको प्रविधि पहिलो पटक नेपाल भित्र्याइएको हो । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । बीचमा बलिया तार जडान हुनेछ र तीनका बीचमा दलिन राखिने खालको डिजाइन रहेको छ । नेटवर्क तारले पुलको भारबहन क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउनेछ । यो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुलको पनि एउटै मितिमा ठेक्का सम्झौता भएको थियो ।
अहिले धोबीखोलामा भौतिक प्रगति ७० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । यो पुलको निर्माण ठेक्का अवधि गत भदौमा सकिसकेको छ ।
Leave a Reply