मध्यपुर थिमि नपाका प्रमुख र आठ वटा नगरपालिका उपप्रमुखहरूद्वारा भक्तपुर महोत्सवको अवलोकन
- पुष १, २०८१
काठमाडौँ, १५ वैशाख । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले २०७६ सालको वार्षिक समीक्षा ग¥यो ।
चन्द्रागिरी नपा वडा नं. १२ बलम्बुमा जिल्ला समिति, नगर इन्चार्ज, वर्गीय र पेशागत सङ्गठनका पदाधिकारीहरूको उपस्थितिमा भएको समीक्षा बैठकमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ, नेपाल क्रान्तिकारी महिला सङ्घ, नेपाल क्रान्तिकारी युवा सङ्घ, नेपाल क्रान्तिकारी किसान सङ्घ, कानुन अध्ययन समाज, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र विभिन्न नगर समितिका पदाधिकारीहरूले आ–आफ्नो प्रतिवेदनसहित समीक्षा प्रस्तुत गर्नुभएको थियो । जिल्ला समितिका प्रतिवेदन जिल्ला अध्यक्ष नारायण महर्जनले पेस गर्नुभएको थियो ।
नारायण महर्जनको अध्यक्षतामा बसेको सो भेलाले २०७६ सालको वार्षिक कार्यक्रम तय गरेको थियो । बैठकमा जिल्ला सचिव राजवीर डंगोल र नारायणबहादुर दुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply