भर्खरै :

लेखासम्बन्धी कर्मचारीहरूको पुनर्ताजगी

भक्तपुर, १५ वैशाख ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार लेखासम्बन्धी पुनर्ताजगी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूको लागि सञ्चालन गरिएको कार्यक्रममा प्रमुख प्रजापतिले कर्मचारीहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलन हुनुपर्ने आवश्यकता औँल्याउँदै व्यवहारिक रुपमा आएको कठिनाइलाई समाधान गर्न तालिमले महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
शक्तिको भरमा संसार कब्जा गर्ने अमेरिकी साम्राज्यवादी नीति र अमेरिकी व्यापार युद्धले अमेरिकालाई नै नोक्सान पु¥याउने बताउँदै प्रमुख प्रजापतिले समाजवादी देश चीनलाई अगाडि बढ्न कसैले रोक्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् लेखा समितिका संयोजक हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र आन्तरिक लेखा परीक्षक विनोद आगञ्जालगायतले लेखाका आधारभूत सिद्धान्त र महत्वबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *