जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आधुनिकताको नाममा खानेकुरामा हुने मिसावटले जनस्वास्थ्यमा नराम्रो असर पर्ने हँुदा स्वस्थ खानपानतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न कृषि प्राविधिक तालिमको उद्घाटन कार्यक्रममा उपप्रमुख जोशीले कृषि पेशा सम्मानित पेशा भएको र कृषि प्राविधिक तालिमको औचित्यताबारे प्रस्ट पार्नुभयो ।
कृषि क्षेत्रमा भएको प्राविधिक अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लाग्ने विचार राख्दै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले किसानहरूको हितलाई ध्यानमा राखेर उन्नत जातको आलु र गहुँको बीउ निःशुल्क वितरण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले कृषक लक्षित गतिविधिहरुलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै सबै वडामा स्थानीय किसानहरुको भेला गरी वडास्तरीय कृषक समूह गठन गरिसकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा नं.१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कार्यपालिका सदस्यद्वय कृष्णलक्ष्मी दुवाल र सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply