आमूल परिवर्तनको नयाँ विचार बोकेका युवाहरूमा त्याग, तपस्या र बलिदान जरुरी हुन्छ
- आश्विन ३, २०८३
दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङ्गरोड, बागमती कोरिडर, बसपार्क, पेट्रोलियम भण्डारण डिपो, डिजिटल सिटीको नाममा ललितपुर महानगरपालिकाका प्राचीन तथा ऐतिहासिक बस्तीहरू खोकना र बुङ्गमती क्षेत्र नष्ट गर्ने सरकारी प्रयासको विरोधमा शुक्रबार दसौं हजार जनताले ललितपुरमा प्रदर्शन गरेका छन् ।
प्रभावित क्षेत्र बुङ्गमतीबाट सुरु भएको विशाल जुलुस खोकना हुँदै मंगलबजार पुगेर जनसभा भएको थियो । जनसभामा बुङ्गमती जनसरोकार समाज र खोकना जनसरोकार समाजका प्रतिनिधिहरूले जनप्रदर्शन गर्नुको कारणबारे चर्चा गरेका थिए ।
उनीहरूले राज्यले राष्ट्रिय गौरवको योजनाको नाममा स्थानीय जनतालाई बस्तीबाट विस्थापन गर्न खोजेको धारणा राखे । उनीहरूले राज्यबाट भएका यस्ता कामबाट ऐतिहासिक सभ्यता र संस्कृति मासिने विचार राखे ।
उपत्यकाका विभिन्न स्थानबाट विभिन्न जाति समुदायका जनताको सहभागिता रहेको जुलुसमा ‘स्मार्टसिटीको नाममा जनताको जग्गा लुट्न पाइदैन’, हाइटेनसन लाइन तानेर जनता मार्न पाइदैन’, ‘पीडित जनता एक होऔं’ जस्ता नारा लगाएका थिए ।
तस्वीरः मुरज

Leave a Reply