भर्खरै :

विदेशमोह

–कृतिका प्रजापति
केही दिनअघि धुमबाराही बस्ने मेरो नातेदार पर्ने काकीको घरमा गएको थिएँ । काठमाडांैको कोलाहल, धुलाम्मे सडक, अव्यवस्थित बस्ती हेर्दा पनि वाक्कलाग्दो थियो । १३–१४ वर्ष काठमाडौंमा डेरा गरी बसेका ती काकीले बल्लतल्ल आफ्नो नाममा सानो जग्गा किन्नुभएको छ र त्यही जग्गामा एउटा अस्थायी टहरा निर्माण गर्दै चारजनाको परिवारको बसोबास छ । काकीको दुईजना छोरामध्ये एकजना काठमाडौंकै कलेजमा पढिरहेका छन् भने अर्को भर्खर १२ कक्ष पास गरेर अब नपढ्ने सोचमा बसेका रहेछन् । खाई–नखाई काठमाडौंको महँगो विद्यालयमा अध्ययन गराएको छोराले बीचमै पढाइ छोड्ने कुराले काकी ज्यादै चिन्तित हुनुहुन्थ्यो । जति सम्झाउँदा पनि केही नलागेपछि काकी निराश देखिनुहुन्थ्यो ।

भाइले जवाफ फर्कायो –‘म अष्ट्रेलिया जाने हो, दिदी । हामीले केही चिन्ता गर्नुपर्दैन रे । म्यानपावर कम्पनीले १५ देखि २० लाख रुपैयाँ पर्छ भनेको छ । उनीहरूले सबै बन्दोबस्त गर्छौं भनेका छन् । नेपालमा बसेर मैले केही गर्न सक्छु जस्तो लाग्दैन । देशको स्थिति झन्–झन् नराम्रो हुँदै गएको छ । यस्तो देशमा बसेर मानसिक रोगले ग्रस्त हुन्छु होला । त्यसैले म यहाँ कुनै पनि हालतमा बस्न चाहन्न ।’

भाइले पढाइ छोड्ने कुरा किन गरेको भनी काकीसँग सोधें ।
काकीले जवाफ दिनुभयो – ‘खोई, तिम्रो भाइलाई विदेश जाने भूतले सताएको छ क्यार । उसको ध्यान नै विदेश जाने, त्यही पढ्ने अनि काम गर्दै पैसा कमाउने भन्छ । अहिले विदेश जाने भनेर महिनाको २० हजार तिरेर भाषा सिक्न गइरहेको छ । विदेश गएर के गर्ने, कहाँ बस्ने उसलाई केही मतलब छैन । एकसुरमा विदेश जाने रटान लगाइरहेको छ । जति सम्झाए पनि केही लागेन अब । म त हैरान भइसकें ।’
काकीको कुरा सुनेर अचम्म लाग्यो । मैले भाइलाई सोधें –‘भाइ, तिमी कुन देशमा जान्छौ त ? अनि विदेश जानलाई पैसा कति पर्छ नि ?’
भाइले जवाफ फर्कायो –‘म अष्ट्रेलिया जाने हो, दिदी । हामीले केही चिन्ता गर्नुपर्दैन रे । म्यानपावर कम्पनीले १५ देखि २० लाख रुपैयाँ पर्छ भनेको छ । उनीहरूले सबै बन्दोबस्त गर्छौं भनेका छन् । नेपालमा बसेर मैले केही गर्न सक्छु जस्तो लाग्दैन । देशको स्थिति झन्–झन् नराम्रो हुँदै गएको छ । यस्तो देशमा बसेर मानसिक रोगले ग्रस्त हुन्छु होला । त्यसैले म यहाँ कुनै पनि हालतमा बस्न चाहन्न ।’
मैले फेरि प्रश्न गरें –‘अनि तिमी कोसँग जान्छौं त विदेश । तिम्रा अरु साथी पनि छन् कि ?’
भाइले उत्तर दियो – ‘विदेश त म एक्लै जाने हो । काम सबै म्यानपावर कम्पनीले मिलाई दिने भनेकै छ । मेरा कति साथीहरू पनि विदेश जाने तयारीमा छन् ।’
भाइको यस्तो अभिव्यक्ति सुन्दा म छक्क परें । १२ कक्षा भर्खर उत्तीर्ण गरेको युवाको आफ्नो देशप्रति देखिएको निराशाले मलाई दुःख लाग्यो । मौका पाउनेबित्तिकै विदेश जाने अहिलेको युवा पुस्ताको सोच देखेर छक्क पर्छु । वास्तवमा ती भाइले दिएको अभिव्यक्ति नितान्त व्यक्तिवादी र आत्मकेन्द्रित थियो । जसरी पनि विदेश जाने, त्यहाँ आनन्दपूर्वक जीवन गुजार्ने, मोजमस्ती गर्ने लक्ष्य आजकलको युवाहरूमा देखिन्छ । तर अहिले विदेशमा ज्यामी काममा जानेसँग म्यानपावर कम्पनीले २० लाख त के २० हजार पनि लिन पाइँदैन, सबै आवतजावत खर्च म्यानपावर कम्पनीले नै व्यहोर्नुपर्ने प्रावधान आएको छ । यदि त्यस्ता म्यानपावर कम्पनीउपर उजुर परेमा त्यस्तालाई पक्राउ गर्नेछन् ।
हाम्रा विद्यार्थीमा नैतिक शिक्षाको अभाव देखिन्छ । समाजमा राजनीतिक परिवर्तन भए पनि नागरिक चेतनाको अभावले देशका नागरिकहरूमा ‘नागरिक शिक्षा’ को कमी देखिन्छ । परिवार, समाज र देशप्रतिको कर्तव्य रत्तिभर पनि देखिंदैन । विद्यालय, कलेज तथा विश्वविद्यालयमा दिइने शिक्षाले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । विद्यालयमा पाएको शिक्षा र अनुशासनलाई उनीहरूले जीवनभर अक्षरशः पालना गर्छन् । तर विद्यालय तथा कलेजमा विद्यार्थीलाई जसरी भए पनि परीक्षा पास गर्ने, धेरै पैसा कमाउने, राम्रो अझ सरकारी जागिर खाने अनि आनन्दले जीवन जिउने काइदाहरू सिकाइन्छ । पैसा कमाउने लोभले अमेरिकन डीभी, नक्कली विवाह गरी विदेश जाने, विद्यार्थी भिसा, वर्किङ भिसा आदि माध्यमबाट युवा–युवती विदेश गइरहेका छन् । शिक्षकहरूले आत्मकेन्द्रित चिन्तन फराकिलो पार्ने, समाजमा मिलेर काम गर्ने, आफ्ना विचार अरुलाई बताउने, परोपकारी भावना, अनुशासन, सहयोगी भावना आदिबारे राम्रो जानकारी दिनुपथ्र्यो । विद्यालयले विदेशीको सेवा गर्ने नभई आफ्नै देशमा बसेर श्रम गर्न प्रेरित गर्नुपथ्र्यो ।
अर्को प्रसङ्ग, हाम्रो देशमा नेतादेखि कर्मचारी, जनताका प्रतिनिधि सांसदहरूलाई पनि विदेश मोहले सताएको छ । उनीहरूमा देखिएको विदेश मोह पनि साच्चै नै लज्जास्पद छ । देशका जिम्मेवार व्यक्तिहरूमा देखिएको यस्तो मनपरी गर्ने र लोभी चरित्रले देशको ढुकुटी रित्तिंदै गएको छ । विदेश भ्रमणको नाममा राष्ट्रिय ढुकुटी रित्याउने कुकर्म कहिले अन्त्य हुने होला ? ४ चैत २०७३ को ‘अन्नपूर्ण’ दैनिकले लेख्यो –‘दर्जनौं सांसद विदेश सयरमा, आचारसंहिता उल्लङ्घन, सभामुखलाई पनि पत्तो छैन ।’, ३ चैत २०७३ को नागरिक दैनिकमा मलेसियामा नेपाली ठग्दै गिरोह, ‘अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार’ समाचार छापियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *