भर्खरै :

भक्तपुर क्याम्पसमा बधाई कार्यक्रम

नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पस समितिले मंलगबार एक कार्यक्रमबीच स्ववियु निर्वाचन २०७३ मा सहयोगीहरुलाई धन्यवाद तथा निर्वाचित स्ववियु पदाधिकारीहरुलाई बधाई ज्ञापन ग¥यो । कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले नेक्राविसंघले नेतृत्व गरेको स्ववियु अरु क्याम्पसका स्ववियुभन्दा फरक र उदाहरणीय हुनुपर्ने बताउनुभयो ।
उहाँले त्रिविले बिनातयारी काठमाण्डौं उपत्यकाका क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागु गर्दा कामदार जनताका छोराछोरी विश्वविद्यालय शिक्षाबाट बञ्चित हुने सम्भावना रहेको बताउनुभयो ।
सेमेस्टर प्रणालीका नाममा शुल्कवृद्धि र कोटा लागु गर्दा विपन्न वर्गका विद्यार्थीहरु मार पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख प्राडा कृष्णप्रसाद पोखरेल, प्राध्यापक संघका अध्यक्ष शेरसिं राइखोला, कर्मचारी संगठनका अध्यक्ष रामभक्त अवाल, पूर्व स्ववियु सभापतिहरु रामप्रसाद प्रजापति र हिमाली रानामगर, नेक्राविसंघ काठमाण्डौ उपत्यका परिचालन समितिका सहसंयोजक राजकेशरी कुसी, भक्तपुर क्याम्पस स्ववियुका अध्यक्ष दिनेश खड्गीलगायतले बोल्नुभएको थियो । आयोजक समितिका अध्यक्ष मिलन गणेजूको सभापतित्वमा भएको कार्यक्रममा सनिस दुवाल र दिपेश दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *