भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
काठमाडौं, ८ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जाति, भाषा र क्षेत्रको राजनीतिले देश र जनताको हित नहुने उल्लेख गर्दै वर्गीय मुक्तिले मात्र आर्थिक समानता ल्याउने र प्रजातन्त्रको यथार्थ पनि यही भएको बताउनुभयो ।
संसदको विशेष समयमा बोल्दै सांसद सुवालले युवालाई स्वदेशमा रोजगारी दिने पार्टीको प्रस्तावलाई सरकारमा गएका पार्टीहरूले अस्वीकार गरेको हुँदा वैदेशिक रोजगारीको निहुँमा युवाहरू ठगिएको बताउनुभयो ।
उहाँले खाडी मुलुकको सात देशमा टिकट र भिसा शुल्क नलाग्ने बन्दोबस्त २०६७ सालमै गरिएको तर सरकार कमजोर हुँदा २०७२ साउन २८ गते म्यान पावर कम्पनीहरूले रु. १० हजार लिन पाउने सहमतिलाई ३० हजारदेखि आठ लाखसम्म असुलेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले ठगी गर्ने म्यानपावर कम्पनीलाई प्रहरी सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाउने तयारी गर्दा सरकारमा गएका पार्टीहरूले रोक लगाएको उल्लेख गर्दे ठगी गर्ने म्यानपावर कम्पनीहरूको सञ्चालकहरूको नाम ठेगाना सार्वजनिक गरी मानव बेचविखन र ठगी मुद्दा चलाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
वस्तु विनिमय बजार विधेयक २०७३ बारे विचार राख्दै उहाँले राज्यले मानिसको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिनुपर्ने तर प्रस्तुत विधेयकमा राज्य सबै काम निजी क्षेत्रलाई दिने प्रावधान भएको हुँदा सरकारले फिर्ता लिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले निजीकरणले शोषणलाई कानुनी बनाउने हुँदा शोषण गर्न नपाउने विधेयक ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै गरिब जनताको मत लिएर गठन भएको सरकारले मुठीभरका मानिसहरूको हितमा हुने विधेयक ल्याएको गलत भएको उल्लेख गर्नुभयो ।
Leave a Reply