विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रा. माणिकलाल श्रेष्ठ
सन् १८७१ मा स्थापना भएको पेरिस कम्युन र १९१७ मा स्थापना भएको सोभियत सङ्घ आज अस्तित्वमा छैनन्, तर पेरिस कम्युन र सोभियत सङ्घले परिकल्पना गरेको सर्वहारा – राज्यसत्ताको राज्यको स्थापनाले मानिसद्वारा मानिसको शोषण अन्त हुने एक आदर्श समाजको जन्म दिन्छ भन्ने विश्वास न्याय र स्वाधीनताप्रेमी क्रान्तिकारीहरूले लिइरहेका छन् । मानव–जातिको यो लक्ष्य, शोषण र उत्पीडनको अन्त, समाजवाद र साम्यवादको स्थापनाबाट मात्र साकार हुन्छ । समाजवादी समाजमा शोषण रहँदैन, तैपनि यो समाज अन्तिम समाज होइन, मानव–जातिको आदर्श, साम्यवादी समाजतर्फ जाने एउटा सङ्क्रमणको चरणमात्र हो । समाजवादी समाजमा वर्गीय शोषण नरहे पनि वर्गहरूको अस्तित्व बाँकी नै रहन्छ, फलस्वरुप वर्गसङ्घर्ष चली नै रहन्छ ।
मानव इतिहासको अवलोकन गरी हेर्दा हामी के देख्छौँ भने समाजमा वर्गहरूको उत्पति भएदेखि मानव इतिहास वर्गसङ्घर्षको इतिहास रहेको छ, साथै यो इतिहास स्वाधीनताको सङ्घर्षको इतिहास रहेको छ । यही वर्गसङ्घर्षको इतिहासले, स्वाधीनताको सङ्घर्षको इतिहासले समाजमा प्रगति ल्याउँछ, एकपछि अर्को झन्झन् उन्नत समाज आएको कुरा इतिहासले देखाउँछ । मानव समाजको प्रगतिको इतिहास हेर्दा आदिम समाजबाट दासप्रथाको समाजमा र सामन्ती समाजबाट पुँजीवादी समाजमा परिवर्तन भएको देखिन्छ, तीमध्ये समाजमा वर्गको उत्पति भएपछि दासप्रथा, सामन्ती समाज र पुँजीवादी समाजका चरणहरू – क्रमशः दासप्रथा, सामन्ती समाज र पुँजीवादी समाजमध्ये पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो समाज तुलनात्मकरूपले प्रगतिशील, क्रान्तिकारी र मानवीय पनि छ । तर, यी तीनै प्रकारका समाजमा वर्गीय शोषण र उत्पीडन रहन्छ, त्यसको मतलब वर्गसङ्घर्षद्वारा, स्वाधीनताको सङ्घर्षद्वारा समाजमा ल्याउने परिवर्तन एक प्रकारको शोषण व्यवस्थालाई हटाएर अर्को प्रकारको शोषण आउने क्रममात्र चलेको छ । तर, पुँजीवादी समाजबाट समाजवादी समाज आउने परिवर्तन भने पहिलेका परिवर्तनहरूभन्दा भिन्न छ, यो परिवर्तन शोषणको अन्त भए तापनि यो समाज साम्यवादी समाजतर्फ अगाडि बढ्ने एउटा सङ्क्रमणको चरणमात्र हो ।
मानव समाजको विकासको इतिहास हेर्दा सामन्ती समाजको विरुद्ध पुँजीपति वर्गले विद्रोह गरेको देखिन्छ र सामन्ती समाजलाई फाल्ने सङ्घर्षमा पुँजीपति वर्गले नेतृत्व पनि लिएको देखिन्छ र सुरुमा पुँजीपति वर्गले यो सङ्घर्षमा प्रगतिशील भूमिका पनि लिएको थियो । तर, सामन्त वर्गलाई पूरै फालेर सामन्तवादलाई पूरै उन्मूलन गर्ने काम पुँजीपति वर्गले फ्रान्सको क्रान्तिमा मात्र गरेको थियो, त्यसपछि कहीँ पनि सामन्ती प्रथालाई पूरै उन्मूलन गर्ने अर्थात् त्यसको विरुद्ध अन्तसम्मै लड्ने काम पुँजीपति वर्गले सत्ताबाट पूरै फाल्नुको बदला बीचमा उनीहरूसँग सम्झौता गरी शासन–सत्तामा साझेदारी प्राप्त गर्नतर्फ लागेको देखिन्छ । यसको कारण सामन्तवादको विरुद्ध पुँजीपति वर्गले लडाइँ सुरु गरे पनि सामन्ती वर्गलाई पूरै फाल्ने काम अर्थात् पुँजीवादी क्रान्तिको अभिभारालाई पूर्णरूपले सम्पन्न गर्ने काम गरेमा सर्वहारा वर्गको उदय हुने कुरा देखेर सर्वहारा वर्गलाई आफ्नो काल ठानेर पुँजीपति वर्गले सामन्ती वर्गसित सम्झौता गर्नुमै आफ्नो स्वार्थ ठान्दछन् । दलाल पुँजीपति र नोकरशाही पुँजीपतिहरू त सामन्ती वर्गका मतियारहरू नै हुन्, राष्ट्रिय पुँजीपतिहरू पनि सामन्तविरोधी भए तापनि सामन्ती वर्गलाई पूरै फाल्ने हदसम्म आउँदैनन् । केही शताब्दी पहिले सामन्तविरोधी सङ्घर्षमा पुँजीपति वर्गले सक्रिय भूमिका लिने, त्यस क्रान्तिमा नेतृत्व दिने काम गरेको देखिए पनि आज पुँजीपति वर्गले अब त्यो भूमिका पूरा गर्नसक्दैन, पूरा गर्न चाहँदैन पनि नेपालकै इतिहासतिर हेर्दा पनि २००७ सालमा सम्झौताद्वारा (भारतको पुँजीवादी सरकारका प्रमुख जवाहरलाल नेहरूले पहलकमी लिएको, अझ वास्तवमा लादेको सम्झौताद्वारा) राणा–काङ्ग्रेस संयुक्त सरकार बनेको, २०४६ को जनआन्दोलन पनि सामन्ती शक्ति र पुँजीवादी शक्तिबीच सम्झौतामा टु·िएको, त्यसको केही समयपछि पनि पुँजीवादी प्रजातान्त्रिक पार्टीहरूले रा.प्र.पा.जस्तो सामन्त र दलाल–पुँजीपतिहरूको पार्टीसित गठबन्धन गरी सरकार बनाएको घटनाले यो कुरा सिद्ध गरिसकेको छ ।
सुरुमा पुँजीपति वर्गको भूमिका जस्तोसुकै भए पनि अहिले पुँजीवादी क्रान्ति पूरा गर्ने अभिभारा इतिहासले सर्वहारा वर्गलाई सुम्पेको छ । आजको युगमा सर्वहारा वर्गको प्रतिनिधि पार्टी कम्युनिष्ट पार्टीले मात्र पुँजीवादी क्रान्तिको अभिभारा पूरा गर्नसक्दछ । हाम्रो देश नेपालमा जनताको स्वाधीनता र मुक्तिको लागि लड्ने क्रान्तिकारीहरूको सामु रहेको अभिभारा अर्थात् नेपाली क्रान्तिको उद्देश्यको विचार गर्दा अन्तिम लक्ष्य निश्चय पनि कम्युनिष्ट समाजको स्थापना गर्ने हो, तर तत्कालीन लक्ष्य अर्थात् वर्तमान चरणको क्रान्ति सम्पन्न गर्ने हो, तर तात्कालीन लक्ष्य अर्थात् वर्तमान चरणको क्रान्ति सम्पन्न गर्ने हो । वर्तमान चरणको क्रान्तिको अभिभारा भन्नु नै, देशको आजको आवश्यकता, जनताका आजका आकाङ्क्षाहरू पूरा गर्ने हो । यस दृष्टिकोणले हेर्दा आजको नेपाली समाज अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक समाज भएकोले यो अर्ध–सामन्ती, अर्धऔपनिवेशिक स्थितिबाट, मुक्त हुनु नै आजको क्रान्तिको यो तत्कालिक अभिभारा पूरा गर्न हामीले सामन्ती स्थितिबाट पूर्णरुपले मुक्त हुनु, जनतान्त्रिक क्रान्ति सम्पन्न गर्नुको साथै साम्राज्यवादी, विस्तारवादी, प्रभुत्ववादी शक्तिहरूको नियन्त्रणबाट हाम्रो देशलाई पूरा मुक्त पार्न राष्ट्रिय क्रान्ति पनि सम्पन्न गर्नु हो । यसरी हाम्रो देशको आजको आवश्यकता अर्थात् जनताको आकाङ्क्षा अर्थात् वर्तमान चरणको क्रान्तिको दुई पक्ष छन्, जनतान्त्रिक र राष्ट्रिय ।
क्रान्तिको जनतान्त्रिक अभिभारा भन्नाले नेपाली जनतालाई सामन्ती शोषण र उत्पीडनबाट मुक्त पारी स्वाधीनता र स्वतन्त्रता प्रदान गर्ने । यसको लागि हामीले कैयौँ कामहरू पूरा गर्नुपर्दछ, तैपनि प्रमुख आवश्यकताहरू के हुन् भने (१) देशका बहुसङ्ख्यक जनता, किसान जनतालाई मुक्त पार्न क्रान्तिकारी भूमिसुधारद्वारा जग्गाका सच्चा मालिक तुल्याउने (२) देशका आधा जनसङ्ख्या ओगटेका महिलाहरूलाई सार्वजनिक जीवन तथा राजनैतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा पुरुषसरह समान अधिकार प्रदान गर्ने (३) बहुजातीय देश नेपालका सबै जाति जनजातिका जनतालाई राजनैतिक, आर्थिकको साथै भाषिक, धार्मिक, सांस्कृतिक सबै पक्षमा पूर्ण समानता र समान अधिकार प्रदान गर्न अभिभारा हो ।
त्यसैगरी क्रान्तिको राष्ट्रिय पक्ष भन्नाले हाम्रो देशलाई अर्धऔपनिवेशिक स्थितिबाट मुक्त पारी पूर्ण सार्वभौमिकता र स्वाधीनता प्राप्त गर्न हाम्रो देशमाथि असमान सन्धिहरू लादेर, विशेषाधिकारहरू उपभोग गर्दै तथा एकपछि अर्को गरी देशका नदी तथा एकपछि अर्को गरी देशका नदी नालालगायत सबै प्राकृतिक स्रोतहरू कब्जा गरिरहेको भारतीय विस्तारवादको नियन्त्रण र थिचोमिचोबाट तथा अमेरिकी साम्राज्यवादको अगुवाइमा रहेको विश्व साम्राज्यवादको शोषण र उत्पीडनबाट मुक्त पार्ने अभिभारा हो ।
माथि उल्लेखित जनतान्त्रिक क्रान्तिका र राष्ट्रिय क्रान्तिका सबै अभिभाराहरू अर्थात् नेपाली क्रान्तिको वर्तमान चरणका अभिभाराहरू सबै नै पुँजीवादी क्रान्तिका स्वरुपका अभिभारा पूरा गर्ने र समाजवादी क्रान्तिको लागि आधार तयार गर्ने हो । क्रान्तिको वर्तमान चरणको यी अभिभाराहरू अथवा पुँजीवादी जनवादी क्रान्ति पूरा गर्ने काममाथि व्याख्या गरिसकेझैँ पुँजीपति वर्ग र पुँजीपति वर्गको पार्टीले गर्दैन, यो अभिभारा पूरा गर्ने अथवा वर्तमान चरणको पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा सर्वहारा वर्गको पार्टी सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरूको काँधमा आएको छ । यो कार्यको नाम हो जनताको जनवाद स्थापना गर्ने कार्य अथवा समाजवादी क्रान्ति सम्पन्न गर्न आधार तयार गर्ने जनताको जनवादी क्रान्ति । जनताको जनवादी क्रान्तिको स्वरुप पुँजीवादी क्रान्ति नै भए तापनि यो अभिभारा संसदीय प्रजातन्त्रले पूरा गर्नसक्दैन, जुन कुरा २००७ देखि २०१७ सम्मको र २०४६ सालदेखि २०५७ सम्मको अवधिमा संसदीय व्यवस्था देशमा विद्यमान रहे पनि त्यस व्यवस्थाले यी आवश्यकताहरू पूरा नगरेको र गर्न नखोजेको तथ्यबाट सिद्ध हुन्छ । त्यसकारण कम्युनिष्टहरूको आजको कर्तव्य बहुदलीय संसदीय व्यवस्थालाई सुदृढ पार्ने वा संस्थागत पार्ने होइन, यो व्यवस्थाले दिएका अवसर र सम्भावनालाई उपयोग गरी जनताको जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको आधार तयार गर्नेतर्फ प्रयत्नरत हुने हो । हाम्रो नारा “२०४६ को जनआन्दोलनले दिएका अधिकारहरूको संरक्षण गरौँ” वा संस्थागत गरौँ” भन्न मिल्दैन ।
यहाँनिर अरु दुईटा कुरा स्पष्ट गर्नु आवश्यक छ, त्यो के हो भने नेपालका कम्युनिष्ट समूहहरूमध्ये कसैले समाजवादी क्रान्तिको आधार तयार गर्न ‘राष्ट्रिय जनवाद’ को स्थापनाको कुरा गर्दैछन् त्यसैगरी एक थरीले जनताको ‘बहुदलीय जनवाद’ को कुरा गर्दैछन् । यी दुई नाराहरू कति ठीक छन् अर्थात् राष्ट्रिय जनवाद र जनताको बहुदलीय जनवाद भन्ने वस्तुहरू जनताको जनवाद हो कि होइन् अथवा तिनीहरूले समाजवादी क्रान्तितर्फ जाने बाटो तयार गर्छ कि गर्दैन भन्नेतर्फ विचार गरौँ । जहाँसम्म ‘राष्ट्रिय जनवाद’ को कुरा छ यो नारा, यो कार्यक्रम खुश्चेभले जनताको जनवादको विरुद्ध त्यसलाई त्याग्न दिएको नारा र कार्यक्रम हो । जनताको जनवाद भन्नु पुँजीवादी स्वरुपको भए पनि त्यसमा सर्वहारा अधिनायकत्व’ र ‘वर्ग सङ्घर्ष’ को विरुद्ध सबै वर्गहरूको समन्वय र पुँजीपति वर्गकै अधिपत्य रहने व्यवस्था ‘राष्ट्रिय जनवाद’ हो ।
अब ‘जनताको बहुदलीय जनवाद’ भन्नेहरूले ‘जनताको जनवाद’ नत्याग्ने भने तापनि त्यसमा ‘बहुदलीय’ को नाममा ‘बहुदलवादी’ र पुँजीवादी व्यवस्थाबाट पैँचो लिएको ‘दलीय प्रतिस्पर्धा’ लाई गाँसेको छ । सोभियत सङ्घमा समाजवादी व्यवस्था ढलेको कारण ‘एकदलीय तानाशाही’ भन्दै ‘समाजवादको रक्षा’ को लागि जनताको जनवादी चरणमा र अझ समाजवादी समाजमा पनि बहुदल, बहुलवाद र दलीय प्रतिस्पर्धा रहनु आवश्यक छ भनी उनीहरू वकालत गर्दछन् । यो कुरा जनताको जनवाद र समाजवादमा दलहरूको के स्थिति रहन्छ भन्ने कुरा नै नबुझेको र संसदीय प्रजातन्त्रको बहुदलीय प्रतिस्पर्धाको मोहमा फसेको र जनताको जनवाद र संसदीय जनवादको बीचको वर्गीय स्वरुपको भेद नै नजानेको अज्ञानताको उपज हो ।
समाजवादमा र अझ त्योभन्दा पहिले जनताको जनवादमा एकभन्दा बढी पार्टीहरूको अस्तित्व रहन दिइन्न भन्ने धारणा साम्राज्यवादीहरू तथा अरु समाजवादविरोधी शक्तिहरूको प्रचारमा परेर लिएको भ्रममात्र हो । जनताको जनवादमा र समाजवादमा एउटामात्र दल रहन्छ कि धेरै दलहरू रहन्छन् भन्ने कुरा सैद्धान्तिक प्रश्न होइन, क्रान्ति सम्पन्न गर्दाको वस्तुगत स्थितिले निर्धारित गर्ने कुरा यो हो । यसलाई स्पष्ट गर्न समाजवादी व्यवस्था स्थापना गर्दा सोभियत सङ्घमा र जनताको जनवाद (नयाँ जनवाद जनताको जनवादको एक प्रकार हो ) स्थापना गर्दा चीनमा राजनैतिक दलहरूप्रति के धारणा थियो भन्ने कुरा अवलोकन गरौँ । सोभियत सङ्घमा समाजवादी अक्टोबर क्रान्ति सम्पन्न भएर समाजवादी व्यवस्था स्थापना भइसक्दा पनि सुरुमा कम्युनिष्ट पार्टीको साथै अरु पनि गैर–माक्र्सवादी पुँजीवादी पार्टीहरू पनि विद्यमान थिए, अझ कम्युनिष्ट पार्टीहरूको संयुक्त सरकार थियो । तर करीब तीन महिनापछि नयाँ सोभियत सरकारले साम्राज्यवादीहरूको बीचको युद्धमा संलग्नता त्यागेर जर्मनीसँग लडार्इँ बन्द गरी सम्बन्ध– सामान्य गर्न खोज्दा बेलायत र अमेरिकाजस्ता देशहरू नाखुस हुन गएको र उनीहरूको दलाली गर्दै रुसमा सरकारमा सहभागी बनेका केही पार्टीहरूले समेत सोभियत सरकारको शान्ति नीतिलाई ध्वस्त पार्न खोजे । सरकारमा रहेको ‘क्रान्तिकारी समाजवादी’ नामको पार्टीले मस्कोस्थित जर्मन राजदूतको हत्या गरेको र त्यसबाट उत्पन्न अशान्ति र असुरक्षाको स्थिति अझ खलबल्याउन कम्युनिष्ट पार्टीको कार्यालयमा सशस्त्र आक्रमण गर्दा बाध्य भई कामरेड लेनिनले ती उपद्रवी पार्टीहरूमाथि प्रतिबन्ध लगाउन परेपछि सोभियत सङ्घमा एक पार्टीमात्र बाँकी रहन गएको हो ।
चीनमा स्थिति योभन्दा फरक छ । कोमिङताङलाई हराई सन् १९४९ मा जन–गणतन्त्रको स्थापना गर्दा नयाँ चीनको त्यस सरकारमा कम्युनिष्ट पार्टीको साथै त्यस पार्टीसित मिलेर कोमिङताङको विरुद्ध लडेका सबै पार्टीहरूको संयुक्त सरकार रह्यो अर्थात् देशमा र सरकारमा पनि कम्युनिष्ट पार्टीका साथै गैर–कम्युनिष्ट पुँजीवादी पार्टीहरू पनि थिए । पछि सन् १९५० को दशकको अन्ततिर चीनले समाजवादी क्रान्तितिर सङ्क्रमण गर्न कम्युनिष्ट पार्टीले समाजवादी कार्यक्रम प्रस्तुत गर्दा ती अन्य पार्टीहरूले त्यस कार्यक्रमलाई समर्थन गरेकोले चीनको समाजवादी व्यवस्थामा समेत कम्युनिष्ट पार्टीको साथै अरु पार्टीहरू पनि आजसम्म देशमा विद्यमान छन्, सरकारमा सहभागी छन्, आज चीनमा एक दल होइन, धेरै दलहरू छन्, बरु त्यहाँ कम्युनिष्ट पार्टीको नेतृत्व छ ।
तसर्थ कम्युनिष्टहरूको जनताको जनवादी व्यवस्था र समाजवादी व्यवस्था र समाजवादी व्यवस्थामा पनि एक दलमात्र रहने होइन, धेरै दलहरू पनि रहन सक्छन् । तर दलहरूको भूमिकाको हकमा पुँजीवादी समाजवादी व्यवस्था र जनताको जनवादी व्यवस्था र जनताको जनवादी व्यवस्थाको वा समाजवादी व्यवस्था धारणा भिन्न छन् । संसदीय व्यवस्थाले राजनैतिक पार्टीहरूलाई जनताको मतको प्रतिनिधित्व गर्ने हुनाले संसद्मा बहुमत प्राप्त गरेको पार्टीले सरकार चलाउने र अरू पार्टी वा पार्टीहरू विरोधमा रहने व्यवस्था छ । यही विरोध वा प्रतिस्पर्धामा आधारित जनवाद संसदीय जनवाद हो । माक्र्सवादीहरूले राजनैतिक पार्टीलाई क्रान्तिको आम–सञ्चालक (जनरल स्टाफ) मान्दछन् र क्रान्ति सम्पन्न गर्न क्रान्ति चाहने सबै शक्तिहरूको संयुक्त प्रयास आवश्यक पर्ने हुनाले सबै क्रान्तिकारी पार्टीहरूमा सहयोगको वकालत गर्दछन् ।
संसदीय व्यवस्थाको बहुदलमा दलहरूको बीच प्रतिस्पर्धा हुन्छ भने जनताको जनवादमा बहुदलको अर्थ क्रान्तिकारी पार्टीहरूको बीच एकता र सहयोग हुन्छ । छोटकरीमा भनौँ भने पुँजीवादी संसद्बाट विरोधमा आधारित प्रतिस्पर्धामा आधारित जनवाद हो भने जनताको जनवाद सहयोगमा आधारित जनवाद हो । जनताको जनवादमा एकभन्दा धेरै दलहरू रहन्छ कि रहँदैन भन्ने कुरा त्यही बेलाको परिस्थितिमा निर्भर रहने हुनाले अहिले नै एकदलीय वा बहुदलीय भन्नु मनोगतवाद हो र फेरि त्यसबेला धेरै दलहरू रहने स्थिति भए पनि त्यो बहुदल बहुलवादी (एगिचबष्कितष्अ) समाज हुनसक्दैन, बहुलवाद र प्रतिस्पर्धा भन्ने कुरा पुँजीवादी वर्ग स्वभावको प्रतिनिधित्व हुने राजनैतिक पद्धति हो, समाजवादतर्फ लाग्ने धारणा होइन । समाजवादमा बहुदलीय प्रतिस्पर्धा, बहुलवाद र शान्तिपूर्ण सङ्क्रमणको नारा दिने व्यक्ति काउत्स्की हुन्, ‘जनताको बहुदलीय जनवाद’ भन्नु माक्र्सवादी ‘जनताको जनवाद’ मा काउत्स्कीवादी प्रदूषण ल्याउने प्रयत्न हो ।
Leave a Reply