चिनियाँ राष्ट्राध्यक्ष सी र साङ्घाई आयात एक्स्पो
- कार्तिक २२, २०८१
हवाना, ८ मे । क्युवाली क्रान्तिको बेलामा राष्ट्रियकरण गरिएका सम्पत्तिमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका क्युवाली वा विदेशी व्यक्ति वा नागरिकलाई कारबाही गर्न सक्ने कानुन संरा अमेरिकाले पारित गरे पनि क्युवाले आफ्नो भूमिमा रहेका सबै विदेशी कम्पनीको कानुनी सुरक्षा गर्ने बताएको छ । क्युवा अन्तर्राष्ट्रिय पर्यटन मेलाको उद्घाटन कार्यक्रममा बोल्दै क्युवाका पर्यटनमन्त्री म्यानुएल मारिरोले गएको म·लबार बताएका हुन् ।
उनले क्युवामा लगानी भएका वा लगानी गर्न चाहने विदेशी कम्पनीलाई त्यस्तो संरक्षण गर्ने बताएका हुन् ।
क्रान्तिको समयमा राष्ट्रियकरण गरिएका सम्पत्तिको काम लिने कम्पनीहरूविरुद्ध मुद्दा दायर गर्न सक्ने अमेरिकी कानुनलाई हेल्मस बुर्टन कानुनको धारा ३ भनिएको छ । संरा अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति हुँदादेखि नै यो कानुन निलम्बनमा थियो । हालको ट्रम्प सरकारले यसलाई सक्रिय बनाउन खोजेको हो ।
क्युवाली पर्यटनमन्त्रीले संरा अमेरिकाका कानुन क्युवामा लागू हुन नसक्ने र विदेशी लगानीको संरक्षणको लागि कानुनको अलग कानुन भएको बताए । उनले क्युवाको विदेशी लगानी ११८ ऐन र राष्ट्रिय आत्मस्वाभिमान ऐन ८० अनुुसार क्युवामा विदेशी लगानीको संरक्षण गरिने बताए ।
Leave a Reply