भर्खरै :

घुस लिएको आरोपमा पक्राउ

काठमाडौँ, २६ वैशाख (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौफा सब डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र विसीलाई रु सात हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । वन कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले मुसीकोट नगरपालिका–१ कालिका मन्दिर नजिकको खाजा घरबाट पक्राउ गरेको हो । आरोपी फरेष्टरको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *