भर्खरै :

थ्रेसहोल्ड सहितको विधेयकको विरोधमा संसदमा नाराबाजी

काठमाण्डौं, ९ चैत । व्यवस्थापिका–संसदको बैठकमा थ्रेसहोल्डको बन्दोबस्त सहित राजनीतिक दलसम्बन्धि विधेयक प्रस्तुत भएको छ । अपरान्ह ३ः०० बजेको लागि बोलाइएको बैठक स्थगित गरी ४ः३० बजे बोलाइएको थियो । निर्धारित समयभन्दा आधा घण्टा पछि ५ः०० बजे शुरु भएको बैठकको कार्यसूचीमा राजनीतिक दलसम्बन्धि विधेयकको प्रस्तुत गर्ने कार्यक्रम राखिएकोमा नेपाल मजदुर किसान पार्टी, राजमो, नेकपा माले, जनमुक्ति पार्टीलगाउत दलहरुले कार्यसूचीबाट सो कार्यक्रम नहटाए बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए ।
थ्रेसहोल्ड विरोधी दलका सांसदहरुले कार्यसूचीबाट सो विधेयक हटाउन माग गरेका थिए ।
तर संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले सो विधेयक प्रस्तुत गरेपश्चात विरोधी दलहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गरेका थिए ।
विधेयकमा संघीय चुनावमा एक जना प्रत्यक्ष र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याएको दललाई मात्र राजनीतिक दल मान्ने बन्दोबस्त गरिएको छ ।
विधेयकका विरोधी दलहरुले बैठक बहिस्कार गरे पछि बैठक अर्को १५ मिनेटका लागि स्थगित भएको थियो ।
संसदको बैठक चालु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *