छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टी १ वडा एकाइ समितिका सदस्य तथा युवा कार्यकर्ता रञ्जन बमनुको शनिबार राति निधन भएको छ ।
सरल स्वभावका सक्रिय कार्यकर्ता रञ्जन बमनु कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । २०४४ मा भक्तपुर नपा भार्वाचोमा जन्मिनुभएका बमनु विद्यालय तहदेखि नै विद्यार्थी हित समितिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
वि. सं. २०६८ देखि बमनु नेपाल मजदुर किसान पार्टीको सदस्यको रूपमा राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो ।
वि. सं. २०६६ देखि २०६९ सम्म नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिमा सदस्यको कार्यभार बहन गर्नुभएका बमनु वडाका विभिन्न निर्माण गतिविधिमा उपभोक्ता समितिमा सदस्यको रूपमा सक्रिय हुनुहुन्थ्यो ।
आइतबार बिहान हनुमानघाटमा उहाँको अन्त्येष्टि गरियो । बमनुको पार्थिव शरीरमा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र नेमकिपा वडा नं १ का लक्ष्मीनारायण खत्रीले नेमकिपाको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । बमनुका श्रीमती र एक छोरी हुनुहुन्छ ।
Leave a Reply