ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, ३० वैशाख । ठूलो लगानी गरेर पढेका नर्सिङका विद्यार्थीले पढाइ सकेपछि कडा मिहिनेत, जोखिम र सम्वेदनशील काम गर्नुपर्ने भए पनि श्रमको मूल्य भने पाउन सकेका छैनन् ।
विदेशमा रोजगारीको राम्रो अवसर भए पनि नेपालमा बस्छु भन्नेका लागि यो पेशा निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रमाणपत्र तह नर्सिङ अध्ययनका लागि तीन वर्षको रू. चार लाख ७५ हजार क्याम्पसमा बुझाउनुपर्ने हुन्छ । यसका अतिरिक्त किताब, कापी, परीक्षा, होस्टल, प्रयोगात्मक कक्षा लगायतको खर्च हेर्दा रू. सात लाख बढी खर्च हुने गर्दछ । यस्तै नर्सिङ स्नातक (बीएन) को क्याम्पस शुल्क रू. ६ लाख ५० हजार हाराहारी रहेको छ भने बीएस्सी नर्सिङको रू. ११ लाख ९० हजार पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन पाएका क्याम्पसले लिँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयसँग सम्बन्धन लिएर पढाउने क्याम्पसले त्यो भन्दा बढी फरक फरक शुल्क लिने गरेका छन् । तर तिनै क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीले नेपालमा पाउने जागिरको अवस्था भने दयानीय रहेको छ । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष माया पाण्डेले नर्सको कामको चुनौती बढी भए पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
यहाँ चलेका अस्पताल र मेडिकल कलेजले रू. १४ हजारदेखि १७ हजारसम्म पारिश्रमिक दिन गरेका भए पनि अन्यमा पारिश्रमिक न्यून रहेको उहाँले बताउनुभयो । जिल्लाका कतिपय अस्पताल, पोलिक्लिनिक, क्लिनिकलगायतले रू. सात हजारसम्ममा काम लगाउने गरेका पाइएको छ । राम्रा अस्पतालमा अवसर नपाउँदा कतिपय नर्सिङ अध्ययन गरेका निराश हुने गरेको उनीहरू बताउँछन् ।
स्नातक पढेर कार्यालय सहयोगी सरह पारिश्रमिक लिन बाध्य भएको नर्सिङ पढाउनेको गुनासो छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेलले सन् २०३० मा चाहिने नर्सिङ अहिले नै उत्पादन भई सकेकाले समस्या उत्पन्न भएको बताउनुभयो । अस्पतालमा १५० भन्दा बढीले जागिरको माग गरी आवेदन दिएको र दैनिकजसो नयाँले निवेदन पेश गर्ने गरेका उहाँले बताउनुभयो ।
निजीमा रू. सात हजारदेखि नै काम गर्नुपर्ने बाध्यता रहेकाले सरकारीमा आकर्षण बढी भए पनि अवसर थोरैले पाउने गरेको उहाँले जानकारी दिनुभयो । चितवनमा मात्र ११ नर्सिङ क्याम्पस छन् । छिमेकी जिल्ला नवलपुरको गैँडाकोटमा एउटा नर्सिङ कलेज छ । ती क्याम्पसले ४० जनाका दरले प्रविणता प्रमाणपत्र तह पढाउँदै आएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका क्याम्पसको साझा संस्था फोरम फर हेल्थ साइन्स चितवनका अध्यक्ष ध्रुव काफ्लेले नर्सिङलाई रोजगारीको अवसर बढ्दो रहेको बताउनुभयो ।
Leave a Reply