भर्खरै :

महिलालाई आत्मरक्षा तालिम

काठमाडाँै, २९ वैशाख । न्हापांगु पलाः नेवाः मिसा पुचःले काठमाडौँका २५ जना महिलाहरूलाई चेतनामूलक आत्मरक्षा प्राविधिक तालिम दिएको छ । महिला हिंसा निरूत्साही गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । काठमाडौँ महानगरपालिका वडा नं. २० को शान्ति निकुञ्जमा २७ र २८ गते तालिम सम्पन्न भएको हो ।
आत्मरक्षा तालिमको लागि १४ देखि ३५ उमेर समूहका महिलालाई आग्रह गरेको भए पनि ७३ वर्षकी आमैले पनि उत्सुक भएर सहभागिता जनाउनुभएको पुचःकी अध्यक्ष शिला साय्मि बताउनुभयो । साय्मिका अनुसार तालिममा काठमाडौंको मरूटोल निवासी ७३ वर्षिया ईश्वरी महर्जनको सहभागिताले सबैलाई उत्प्रेरणा मिलेको छ ।
प्रशिक्षक पद्मा खयरगोली, जयन्ती श्रेष्ठ, रोजिना लोहनी, रवीन्द्र श्रेष्ठले सामूहिकरूपमा हिंसाविरूद्धको आत्मरक्षा तालिम दिनुभएको थियो । आकस्मिकरूपमा कोही कसैले आक्रमण गर्दा वा सार्वजनिक ठाउँमा हिंसा गर्न खोज्नेलाई प्रतिकार गर्ने तरिका तालिम अवधिमा सिकाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *