मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ३० वैशाख । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरमा शैक्षिक सत्र २०७६ मा पूर्व प्रावि (प्ले ग्रुप) देखि कक्षा नौसम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ । २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी स्कूल सामुदायिक भए पनि कुनै संस्थागत स्कूलको भन्दा शैक्षिक गुणस्तर कम नभएको बताउनुभयो ।
उहाँले विद्यार्थीको अनुपातमा सरकारले पर्याप्त शिक्षक नदिंदा आफ्नो स्रोतबाट निजी शिक्षक नियुक्ति गर्न बाध्य भएर केही सहयोग रकम उठाउन परेको प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले यसपालि कक्षा २ र ७ मा स्थानीय पाठ्यक्रम लागू गरेर स्थानीय भाषा, कला, संस्कृतिको संवद्र्धन गर्न खोजेको र यसमा नगरका सबै स्कूलहरूले राम्रो सहयोग पाइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख खेमनाथ पोखरेलले वागीश्वरी स्कूलले सामुदायिक स्कूलको इज्जत धानेको चर्चा गर्दै वागीश्वरी स्कूलसँग सम्बद्ध शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र सहायक प्राचार्य ज्ञानसागर प्रजापति, शिक्षक विश्वेश्वर मानन्धर र विद्यार्थी प्रनिशा पौडेलले पनि नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वागीश्वरी स्कूलका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।
पहिलो चरणको कार्यक्रमपश्चात् विद्यार्थीहरूको विविध सांस्कृतिक कार्यक्रम भएको थियो ।
Leave a Reply