भर्खरै :

सम्पदा संरक्षणका लागि मध्यपुरको गुरुयोजना निर्माण

भक्तपुुर, २९ वैशाख । मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमुनाको सांस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण सुरु गरेको छ ।
नगरपालिकाले पुरातात्विक, धार्मिक, ऐतिहासिक सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि सुरु गरेको गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
त्यसैगरी परम्परागत भाषा, हस्तलिपि, वेषभूषा, गीत÷सङ्गीत, बाजागाजा, नृत्य तथा झाँकी, रीतिरिवाज तथा परम्परा, गरगहना, जात्रा, परम्परा, ऐतिहासिक दस्तावेज, ग्रन्थ, पम्परागत खानेकुराको खोज तथा अनुसन्धान गरिने, लोप भइसकेकालाई पुनर्जीवन दिने र लोपोन्मुख अवस्थामा पुगेकालाई समेत संरक्षण गरिने भएको छ ।
नगरपालिकाभित्र रहेका विशेष व्यक्तित्व एवं गुरुको योगदानको कदर गर्ने र उनीहरूको जीवनी तयार पार्ने, उनीहरूको कला एवं शिक्षालाई संरक्षण गर्ने योजनासमेत नगरपालिकासँग रहेको छ । “मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।
नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयसमेत बनाउने गरी नगरपालिकाले कार्ययोजना अगाडि बढाएको र यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *