भर्खरै :

दुईदिने पल्र्स विश्लेषण तालिम

भक्तपुर, २९ बैशाख । भक्तपुर नगरपालिकाद्वारा आयोजित दुईदिने पल्र्स विश्लेषण तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गर्नुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्था व्यक्तिगतभन्दा संस्थागत हितलाई ध्यानमा राखेर पारदर्शीढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने र सीपमूलक तालिमहरू सञ्चालन गरेर युवाहरूलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थामा कार्यरत कर्मचारीहरूले सञ्चालकहरूको दबाबमा नपरी नीति नियमको आधारमा काम गर्नुपर्ने र उनीहरूको योग्यता सम्पन्न कार्यबाट मूल्याड्ढन हुने हँुदा सबै कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाइ र खेलकुदलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताउँदै सबै नागरिकहरू शिक्षित र स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो । समाजलाई व्यवस्थित गर्न समाजका सबै पक्षहरूको सहकार्य र समन्वयको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
आर्थिक समितिका संयोजक एवम् वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी ऐनबारे सहकारी संस्थाहरूका सम्बन्धित पक्षहरूलाई अभिमुखीकरण, अन्तरक्रिया, भेलालगायतका कार्यक्रम सञ्चालन गर्दै सहकारी संस्थाहरूको अनुगमन गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् प्रशिक्षक कृष्णगोविन्द लाखाजुले पल्र्स विश्लेषण तालिम सहकारी संस्था व्यवस्थितरूपमा सञ्चालन गर्न महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *