ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
हेटौँडा, ३० वैशाख । प्रदेश नं. ३ को बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो दिनमा भाग लिँदै प्रदेशसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले विगतको अधिवेशनको सिंहावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “जनताको पक्षमा, प्रदेशको प्रगतिको निम्ति र राष्ट्रिय हितमा हामीले के–कति योगदान पु¥यायौँ ? हामी कति क्रियाशील बन्यौँ ? जनताका दुःख–पीडामा हामीले साथ दियौँ कि दिएनौँ ?
भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप पीडित जनतालाई हामीले के कसरी सहयोग दियौँ ? हामीले बनाएका कानुन लागू भए या भएनन् ? अथवा कार्यान्वयन पक्ष कस्तो रह्यो ? यी सम्पूर्ण लेखाजोखा हुन आवश्यक छ । यी प्रश्नको जवाफ जनतालाई दिइनुपर्छ । अन्यथा देशको ठूलो आर्थिक तथा भौतिक शक्तिको सही उपयोग नभएको या फलदायी ढङ्गमा परिचालन नभएको पुष्टि हुनेछ ।”
“प्रदेशसभाको यो दोस्रो वर्षको चौथो अधिवेशनसम्म आइपुग्दा हाम्रो उपस्थिति जनताले अनुभव गर्न पाए कि पाएनन्, हाम्रो महत्व बोध गरे कि गरेनन्, के–कति आवश्यकता या अनिवार्यताबोध गराउन हामी सफल भयौँ ? मूल्याङ्कन र आत्मसमीक्षा आवश्यक छ ।”– उहाँले भन्नुभयो ।
प्रदेश राजधानीको सन्दर्भमा सरकार र शासक दलले पछिल्लो समय आपैmले सदन र जनताबीच व्यक्त गरेको प्रतिबद्धतामा इमानदारी नदेखाएको उल्लेख गर्दै प्रदेश सदस्य गोसाइँले जनतालाई झुक्याउने काम राजनीतिक बेइमानी भएको बताउनुभयो ।
सदनलाई कमजोर बनाउने र पङ्गु बनाउने नियोजित षड्यन्त्र भइरहेको तर्फ सचेत गराउँदै उहाँले सरकारबाटै सदनलाई छल्ने काम हुनु ठूलो विडम्बना भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश राजधानी टुङ्ग्याउन ढिलाइ गर्नु भनेको प्रदेशलाई गतिहीन, प्रभावहीन बनाउनु हो । योभन्दा पनि अस्थायी मानसिकता बढे सङ्घीयता नै अस्थायी नबन्ला भन्न सकिन्न ।”
प्रदेशबारे छलफल गरिरहँदा देशको सार्वभौमिकतामाथि निरन्तर खतरा बढिरहेको र साम्राज्यवादी तथा विस्तारवादीहरूको चलखेल तथा हस्तक्षेप बढ्दै गइरहेको विषयप्रति अत्यन्त गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउँदै सदस्य गोसाईले अमेरिकाको इण्डो–प्यासिफिक नीतिको कारण नेपाल नयाँ द्वन्द्वमा फस्ने सङ्केत टड्कारो देखापरेको बताउनुभयो ।
राजधानीको माग गर्दै संसद् अवरुद्ध
हेटौंडा, ३० वैशाख । प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । सोमबार वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गिनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो । बैठकको सुरुआतमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्न अब ढिला गर्न नहुने भन्दै यो राजनीतिक विषय भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता इन्द्र बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुङ्गयाउने वचन दिए पनि व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सांसदहरु सुरेन्द्रराज गोसाईं, रीता माझी, रीना गुरुङ र प्रेमबहादुर लामाले सरकारले प्रतिबद्धतामा इमानदारिता नदेखाएकोले अबका दिनमा त्यसो नगर्न सुझाउनुभएको थियो । बैठकपश्चात् पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता बानियाँले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताउनुभयो ।
Leave a Reply