भर्खरै :

विचार र सिद्धान्त विनाको राजनीति डकैती हो

–सुरेन्द्रराज गोसाई
नेपालका पूँजीवादी शासक दल र तिनका नेताहरु आप्mनो असली रुप तथा चरित्र देखाउँदैछन् । पूँजीवादी व्यवस्थाका शासक दलहरुको निम्ति प्रजातन्त्र या लोकतन्त्र बाहिरी आवरण बाहेक केही पनि होइन भन्ने फेरि एकपटक पुष्टि भयो । मौका मिल्नासाथ तिनीहरु आप्mनो निरंकुश चरित्र देखाउँछन् । पूँजीवादी नेताहरु पाखण्डी हुन्छन् र पूँजीवादी व्यवस्था पाखण्डको अर्को नाम हो भन्ने पछिल्लो नेपाली उदाहरण थे्रसहोल्ड हो ।
पूँजीवादी व्यवस्था शोषण, दमन र अत्याचारमा मात्र टिकेको हुँदैन बरु त्यो ढोंग, बेइमानी, छलछाम, जालसाजी र षड्यन्त्रनै षड्यन्त्रमा अडेको हुन्छ । थे्रसहोल्ड नेपाली शासक दलहरुको अर्को राजनीतिक बेइमानी हो । नेपाली जनतामाथिको विश्वासघात हो, गद्दारी हो । पूँजीवादीहरुको निम्ति राजनीतिक स्वतन्त्रता, विचारको स्वतन्त्रता, मानवअधिकार आदि विज्ञापन, झिलिमिलि बाहेक केही पनि होइन । जनताका अधिकार खोसेर तानाशाहीको बाटोमा हिंड्न तिनीहरु सधैं लालायित हुन्छन् । थे्रसहोल्ड त्यसैको अभिव्यक्ति हो । तर विचार दबाएर दबिन्न, जनताको आवाज र शक्ति अजेय छ, इतिहास यही भन्छ । नेपाली जनताले श्री ३ फाले, श्री ५ फाले । यी नयाँ महाराजहरुलाई पनि बाँकी नराख्ने निश्चित छ ।

विचार दबाएर दबिन्न, जनताको आवाज र शक्ति अजेय छ, इतिहास यही भन्छ । नेपाली जनताले श्री ३ फाले, श्री ५ फाले । यी नयाँ महाराजहरुलाई पनि बाँकी नराख्ने निश्चित छ ।

एउटा लुटेरा केही धनसम्पत्ति लुट्छ, एउटा ठगले दुई–चार लाख या करोड ठगी गर्छ तर एउटा राजनैतिक लुटेराले ऐन–कानुन समेतको सहायता लिई देशै लुट्छ, राजनैतिक ठगले जनताका हक अधिकार खोस्छ, आन्दोलनका उपलब्धिहरुको हत्या गर्छ । त्यही दुष्कर्म यहाँ दोहो¥याइँदैछ । यतिखेर राजनैतिक ठगको भूमिकामा नेपाली शासक दलहरु छन् । थ्रेसहोल्ड राजनैतिक डकैती गर्ने चाँजोपाँजो हो ।
शासक दलका नेताहरु थ्रेसहोल्डको एक वित्ता कपडा पहिरेर निर्लज्जता प्रदर्शन गरिरहेका छन् । आप्mनो लाज छोप्ने, कुकृत्यहरु लुकाउने मूर्खता गर्दैछन् । तर त्यो असंभव छ । तिनीहरु बादशाहको नयाँ लुगाको बादशाह झैं नाङ्गिनेछन् । प्रजातन्त्र, देश र जनताविरुद्धका तिनीहरुका अपराध उदाँगो हुँदै जानेछन् । शक्ति सिद्धान्तका यी मतियारहरु, कुख्यात युद्धसरदारहरु जनताको वास्तविक शक्तिसामू एकदिन अवश्य झुक्नु पर्नेछ ।
आपूmलाई अत्यन्तै शक्तिशाली ठान्ने शासक दलहरु सिमानामा दिउँसै भारतीय सुरक्षाकर्मीबाट नेपालीको हत्या हुँदासमेत म्याऊ कराउँदैनन्, सिमानामा भारतीय ज्यादतीले सीमा नाघ्दा चूँ बोल्दैनन्, नाकाबन्दी लगाई देशमा हाहाकार मच्चिइँदा पुच्छर लुकाउँछन् । तर उल्टै देशको सार्वभौमिकताको पक्षमा विस्तारवादी शक्तिसामू निरन्तर लड्ने, प्रजातान्त्रिक आन्दोलनका सहयात्रीहरुलाई दबाउन थ्रेसहोल्डको तरवार उठाउँछन् । यस अर्थमा यी शासक दलका नेताहरु विभिषणहरु हुन्, धोकेबाज हुन्, देशद्रोही हुन् । यिनीहरु घरका बाघ वनका स्याल हुन् ।
एउटा भनाइ अरवतिर खूब चल्छ – जतिसुकै लामो फेत्ता बाँधे पनि चाकर आखिर चाकरै हुन्छ । ठिक त्यसैगरी मुखले जेसुकै भनेपनि, नाम जेसुकै राखेपनि नेपाली शासक दलहरु, तथाकथित राष्ट्रिय पार्टीहरु सारमा भारतीय एकाधिकार पूँजीका दलाल हुन्, सच्चा नेपाली जनताका दुश्मन हुन् र जनताको वास्तविक प्रजातन्त्रका विरोधी हुन् ।

पूँजीवादका कठोर ऐन नियम कानूनलाई चुनौती दिँदै, असफल सावित गर्दै समाजवादी विचार उदय भएको र विजय हासिल गर्दै अगाडि बढेको हो । जतिसुकै कडा कानुन बनाए पनि पूँजीवाद विश्वमा कहिं कतै सफल भएको उदाहरण छैन । पूँजीवाद तथा साम्राज्यवाद अफ्रिकामा हार्दैछ, ल्याटिन अमेरिकामा हार्दैछ, एशियामा हार बेहोर्दैछ । विश्व साम्राज्यवाद मृत्युशैय्यामा छट्पटाइरहेको कसैले नकार्न सक्दैन । यो नेपाली भूमिमा पनि पूँजीवादले थे्रसहोल्ड र अन्य जुनसुकै हतियार बनाएता पनि एक दिन उसले बिदा लिनैपर्नेछ । यहाँ जनताकौ सशक्त आन्दोलन अगाडि बढ्नेछ र समाजवादी विचारको विजय निश्चित छ ।

थ्रेसहोल्डको बैशाखी टेकेर शासक दलहरु आपूm बलियो हुने होडबाजीमा लागेका छन् र विचार, नैतिकता र सिद्धान्तको राजनीतिक आन्दोलनलाई छेक्ने–रोक्ने सपना देख्दैछन् । थे्रसहोल्डको पुच्छर समातेर सत्ताको स्वर्गमा पुग्ने कल्पना गर्दैछन् । तर तिनीहरु सफल हुने छैनन् । इतिहासले तिनीहरुलाई सवक सिकाउने छ । जनताले कहिल्यै माफी दिने छैन ।
जनताको अधिकारको निम्ति, जनताको प्रजातन्त्रको निम्ति हाम्रो संघर्ष निरन्तर चालू रहनेछ । सिक्किमीकरण तथा भुटानीकरणविरुद्धको देशभक्तिपूर्ण संघर्ष, भारतीय एकाधिकार पूँजी र त्यसका दलालहरुविरुद्धको आन्दोलनलाई कुनै पनि उपायले कमजोर पार्न सक्नेछैन । मसानघाटबाट समेत कम्युनिज्म फर्कने तागत राख्दछ भन्ने भनाइ त्यतिकै आएको होइन भन्नेबारे हेक्का होस् ।
पूँजीवादका कठोर ऐन नियम कानूनलाई चुनौती दिँदै, असफल सावित गर्दै समाजवादी विचार उदय भएको र विजय हासिल गर्दै अगाडि बढेको हो । जतिसुकै कडा कानुन बनाए पनि पूँजीवाद विश्वमा कहिं कतै सफल भएको उदाहरण छैन । पूँजीवाद तथा साम्राज्यवाद अफ्रिकामा हार्दैछ, ल्याटिन अमेरिकामा हार्दैछ, एशियामा हार बेहोर्दैछ । विश्व साम्राज्यवाद मृत्युशैय्यामा छट्पटाइरहेको कसैले नकार्न सक्दैन । यो नेपाली भूमिमा पनि पूँजीवादले थे्रसहोल्ड र अन्य जुनसुकै हतियार बनाएता पनि एक दिन उसले बिदा लिनैपर्नेछ । यहाँ जनताकौ सशक्त आन्दोलन अगाडि बढ्नेछ र समाजवादी विचारको विजय निश्चित छ ।
पूँजीवादी दलहरुलाई विचारको लडाइँमा अग्रसर हुन फेरि पनि हामी चुनौती दिन्छौं । विचार, सिद्धान्त र तर्कको आधारमा भिडौं । अनि परिणामले देखाउनेछ को सही, को शक्तिशाली । नैतिक शक्तिमा प्रतिस्पर्धा गरौं । अनि थाहा हुनेछ को बलियो को कमजोर । इमानदारीको परीक्षामा सामेल होऔं । अनि पत्ता लाग्नेछ को सफल को असफल । पूँजीवादका पिछलग्गूहरुले याद गरे हुन्छ, विचार र सिद्धान्त विनाको राजनीति डकैती हो, नैतिकताविहीन राजनीति बेइमानी हो । त्यस्ता दलहरु अपराधीहरुको जत्था हुने गर्छ । अपराधीहरुको शासन आतंक बन्छ । त्यस्तो राजनीति र शासन धेरै टिक्दैन ।
सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ दिदीबहिनी बेलैमा सचेत बनौं ! जनताको अधिकारको निम्ति संघर्ष अझ अगाडि बढाऔं ! देश र जनताको पक्षमा हामीले केही पुस्ता लड्यौं । नयाँ पुस्ताले जनताको विजयको निम्ति नयाँ उत्साह र सुझबुझका साथ संघर्षलाई चालू राखौं ।
(२०७३ चैत्र ११ गते दत्तात्रयमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा भएको जनसभामा व्यक्त विचारको सारसंक्षेप ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *