भर्खरै :

थ्रेसहोल्ड काँचो धागो–रोहित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले थ्रेसहोल्डको प्रावधानलाई काँचो धागोको संज्ञा दिनुभएको छ ।
शुक्रबार पार्टीले भक्तपुरको दत्तात्रयमा आयोजना गरेको विरोध सभामा बोल्नुहुँदै उहाँले जनताको भावनालाई थ्रेसहोल्डले मिच्न नसक्ने र थ्रेसहोल्डको प्रावधानबीच पनि शासक दलहरुका कर्तुतहरु जनताबीच उदांग्याउने कर्तव्य नेमकिपाले पूरा गर्दै जाने बताउनुभयो ।
काँगे्रस, एमाले र माओवादीलाई तीन शासक दलमात्र होइन, तीन जनतान्त्रिक पञ्चायतवादी दल भन्नु उपयुक्त हुने बिजुक्छेंको धारणा थियो ।

‘तर कोठामा झ्याल बन्द गर्दैमा उज्यालो पस्न बन्द हुने होइन । हामी जसरी पञ्चायती निरंकुशताविरुद्ध लडेका थियौं, अब पनि जनताको अधिकारको लागि त्यसरी नै संघर्ष गर्नेछौं ।’, उहाँले भन्नुभयो ।

संसदमा मजदुर किसान वर्गको आवाज उठ्न नदिन र विस्तारवाद तथा साम्राज्यवाद विरोधी विचार रोक्ने उद्देश्यले नै शासक दलहरु मिलेर थ्रेसहोल्डको बन्दोबस्त गरेको बिजुक्छेंले बताउनुभयो ।
‘तर कोठामा झ्याल बन्द गर्दैमा उज्यालो पस्न बन्द हुने होइन । हामी जसरी पञ्चायती निरंकुशताविरुद्ध लडेका थियौं, अब पनि जनताको अधिकारको लागि त्यसरी नै संघर्ष गर्नेछौं ।’, उहाँले भन्नुभयो ।
शासक दलहरुले विदेशीहरुको बुद्धिका पछाडि लागेर थ्रेसहोल्डको बन्दोबस्त ल्याएको बताउँदै उहाँले विदेशीका कुरा सुनेर थ्रेसहोल्ड लाद्ने अराष्ट्रिय शक्ति भएको रोहितको भनाई थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले संविधान र प्रजातन्त्रविपरीतको थ्रेसहोल्डको प्रावधान भएको विधेयक पारित गर्न प्रमुख प्रतिपक्ष एमालेले पनि सत्तापक्षसँग मेलमिलाप गरेको बताउनुभयो ।

‘सत्ताको लागि सांसद चोर्ने र पञ्चहरुलाई प्रधानमन्त्री बनाएर संयुक्त सरकार गठन गर्ने पार्टीहरु कसरी प्रजातन्त्रवादी र राजनीतिक स्थीरताका पक्षधर हुनसक्छन् ?’

एनसेल करछलीमा तीनै शासक दलहरु मिलेजस्तै प्रजातन्त्र सिध्याउने विधेयकमा मिलेको उहाँको भनाई थियो ।
‘शासक दलहरुले आफूले पनि भ्रष्टाचार गरेको र साना दलहरुलाई पनि पनि भ्रष्ट बनाउन सरकारमा सहभागी बनाउने गर्दछ । आज तिनै दलहरुका कारण राजनीतिक अस्थीरता आएको भन्दै थ्रेसहोल्डको प्रावधान ल्याएका छन् ।’, सुवालले भन्नुभयो ।
‘सत्ताको लागि सांसद चोर्ने र पञ्चहरुलाई प्रधानमन्त्री बनाएर संयुक्त सरकार गठन गर्ने पार्टीहरु कसरी प्रजातन्त्रवादी र राजनीतिक स्थीरताका पक्षधर हुनसक्छन् ?’, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले संविधानमा राजनीतिक दलहरुमाथि यसप्रकारको रोक लगाउने कुनै प्रावधान नभएकाले थ्रेसहोल्डको प्रस्ताव असंवैधानिक भएको बताउनुभयो । उहाँले अल्पसंख्यक जनताको अधिकार रक्षाको लागि समानुपातिक निर्वाचन प्रणाली लागु गरिएको तर आज थ्रेसहोल्डको व्यवस्था लागु गरेर जनताको अधिकार खोस्ने काम गरेको बताउनुभयो । नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले प्रजातन्त्र अपहरण गर्ने शक्तिविरुद्ध जनताको आन्दोलन चालु रहने बताउनुभयो । उहाँले सिद्धान्त बिनाको राजनीति डकैती भएको विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापाश्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *