मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
भक्तपुर, ६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नियन्त्रित सङ्घीयता आफूहरूलाई स्वीकार्य नभएको र विकास निर्माणका सबै जिम्मेवारी स्थानीय तहलाई दिई केन्द्र र प्रदेश सरकारले नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रजापतिले उपत्यकाका सम्पदाहरूको संरक्षण गरी काठमाडौं उपत्यकालाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । “सम्पदा बस्तीमा डोजर लगाएर विकास हुँदैन”, उहाँले भन्नुभयो ।
व्यवस्थित सहर विकासको निम्ति उपत्यकाबाहिर स–साना सहरहरू विकास गर्नुपर्ने, खोला सुधारको निम्ति ठाउँ–ठाउँमा उपचार पोखरी निर्माण गर्नुपर्ने र खोलाको दुवै किनारमा हरियाली क्षेत्र बनाउनुपर्ने धारणा व्यक्त गर्दै प्रमुख प्रजापतिले काठमाडौँ उपत्यकामा जनसङ्ख्या थुपार्ने सोच गलत भएको बताउनुभयो ।
जनसङ्ख्या वृद्धिले सबै खोलाहरू ढलमा परिणत भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले खोला छेउमा अव्यवस्थित घर–टहरा निर्माणले सम्पदाहरूमा क्षति पु¥याएको छ भन्नुभयो ।
जनसङ्ख्या नियन्त्रणविना सरसफाइको औचित्यता सम्भव नहुने बताउँदै उहाँले बागमती करिडोरको अवधारणा उपत्यकामा थप बस्ती बढाउने योजना भएको र यसले थप समस्या निम्त्याउने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बागमती सफाइ अभियानमा हजारौँ अभियन्ता लागेर पनि सफल हुन नसकेको, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले वनको छुट्टै अधिकार हुनुपर्ने, महालक्ष्मी नपाका प्रमुख रामेश्वर महर्जनले बागमती सफाइ अभियानलाई केन्द्र सरकारले नै अगुवाइ गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा काठमाडाँै उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरेले बागमती सफाइ अभियान २०७० सालदेखि सुरु भए पनि अहिलेसम्म काठमाडौँ उपत्यकामा अव्यवस्थित बस्ती नियन्त्रण गर्न नसकेको बताउँदै नेपालमा जलस्रोत नीति नै नभएको बताउनुभयो ।
Leave a Reply