तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको संयुक्त आयोजनामा जगातीमा समसामयिक राजनीतिबारे कोणसभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले चीनको अर्थतन्त्रमा भएको विकासबाट तिरमिराएको अमेरिकाले व्यापार युद्ध छेडेर दुःख दिएको चर्चा गर्दै वास्तवमा अमेरिका प्रजातन्त्रविरोधी देश भएको बताउनुभयो ।
उहाँले अमेरिकाले भेनेजुयलाको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने उद्देश्यले भेनेजुयलाको राजनीतिमा हस्तक्षेप गरेर प्रजातन्त्रविरोधी काम गरेको चर्चा गर्दै सार्वभौम देशमाथि भएको हस्तक्षेपको सबै नेपालीले विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले भेनेजुयलामा जस्तै नेपालमा पनि भारतीय विस्तारवाद थिचोमिचोको गरिरहेको हुँदा साम्राज्यवादी र विस्तारवादी थिचोमिचोको विरुद्धमा सङ्घर्ष छेड्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटाले ओली दाहाल सरकारले ल्याएको नागरिकता विधेयक हुबहु पास भए नेपाल सिक्किम वा फिजी बन्नसक्ने खतरा रहेकोले सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले भारतीय विस्तारवादको निर्देशनअनुसार आएको विधेयकलाई विफल तुल्याउन नेपाली जनता लाग्नुपर्ने बताउँदै सीके राउतजस्तो देशद्रोहीसँग सम्झौता गर्ने ओली सरकार पनि देशद्रोही नै रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका मिलन गनेजूले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू गुणस्तरीय शिक्षा प्रदान गर्नुभन्दा कमाउधन्दामा लागेको चर्चा गर्दै कम्युनिष्ट नामधारी सरकारले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न नसक्नु लज्जास्पद रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका गोपालसुन्दर गोसाई र राजाराम बासीले पनि बोल्नुभएको थियो ।
Leave a Reply