ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ६ जेठ । दैनिक हजारौँ देशी र विदेशी पर्यटक घुम्ने आउने ङातापोल मन्दिर जाने बाटो एक महिनादेखि अस्तव्यस्त छ । ङातापोल नजिकको क्वाछें टोलको सडकमा ढुङ्गा छाप्ने भनी सडक बिगारेको एक महिना बितिसक्दा पनि कुनै काम हुन सकेको छैन ।
उप्काइएका इँटाका डङ्गुरले बाटो हिँड्ने बटुवा र मोटरसाइकल चालक समस्यामा परेका छन् । भक्तपुर नगरकै मूल सडकमा यसरी महिनौँ इँटाका डङ्गुर थुप्रिनुका साथै सडक अस्तव्यस्त हुँदा सांस्कृतिक नगरको छविमा नकारात्मक प्रभाव पारेको छ ।
नगरको मूल सडक ढुङ्गा छाप्ने सहरी विकास बोर्डको परियोजनाअन्तर्गत त्यहाँ ढुङ्गा छाप्ने भनी इँटा उप्काइएको थियो । बिस्का जात्रा सकिएलगत्तै काम थाल्ने भनी इँटा उप्काए पनि हालसम्म ढुङ्गा छाप्ने काम सुरु नभएको मात्र होइन, उप्काइएका इँटा पन्छाउने काम समेत भएको छैन ।
सहरी विकास तथा भवन निर्माण विभागको ‘एक सहर एक पहिचान’ कार्यक्रमअन्तर्गत ढुङ्गा छपाइको ठेक्का भक्तपुर निर्माण व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजाराम न्हिसुतूको आरआर कन्स्ट्रक्सनले पाएको हो । बिस्का सकेपछि केही स्थानीयको धारा जडानको लागि भनी ढुङ्गा छाप्ने काम रोकिएको थियो । तर महिना दिन बितिसक्दा पनि कामअघि नबढ्दा स्थानीय आक्रोशित भएका छन् । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा पूरै पानी जम्दा स्थानीय पसल–व्यवसायी पनि मर्कामा परेका छन् ।
भक्तपुर नगरपालिकाले ढुङ्गा छाप्ने काम छिटो थाल्न बारम्बार आग्रह गर्दा पनि ठेकेदारले ‘भोलिबाट सुरु गर्ने’ भन्दै ढिलासुस्ती गरिरहेको स्रोतले बताएको छ ।
वर्षायाम सुरु हुने समयमा समेत नगरको मूल सडकको यस्तो दुरवस्थाप्रति सम्बन्धित निकाय र नगरपालिकाले चासो राख्नुपर्ने स्थानीयको भनाइ छ ।
Leave a Reply