तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ जेठ । २०१ औँ माक्र्स जयन्तीको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कम्युनिष्ट भनिने नेकपाले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराबाट कार्यकर्तालाई प्रशिक्षित नगरेको बताउनुभयो ।
समाजवादी अर्थ व्यवस्थामा गाउँ र सहरको भेद हट्ने, उत्पादनका मुख्य मुख्य स्रोत र साधन सार्वजनिक, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले कार्ल माक्र्स र एँगेल्सको जीवन सङ्घर्ष, फ्रान्सेली क्रान्ति, औद्योगिक क्रान्तिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति उपेन्द्र सुवालले कार्यकर्ताहरू पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply