तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, ६ जेठ । भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हको १२९ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा लम्कीचुहामा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले भियतनामी क्रान्तिकारी जनताको बलिदानले संसारका साम्राज्यवादविरोधी जनतालाई उत्प्रेरणा दिएको बताउनुभयो । उहाँले आज पनि साम्राज्यवादले संसारभर आतङ्क र युद्ध थोपरेको विचार राख्नुहुँदै संसारका साम्राज्यवादविरोधी जनता एकजुट भएर साम्राज्यवादविरोधी सङ्घर्षमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीले हो चि मिन्हले कार्यकर्ताको अध्ययनमा जोड दिनुभएको विचार राख्नुहुँदै अध्ययनशील क्रान्तिकारी कार्यकर्ताले नै समाजको परिवर्तनमा योगदान गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका रत्नादेवी रावल, राजकुमारी शाही, दुर्गा बुढा, लक्ष्मी पुन, तारा तिरुवा र जानकी शाहीले पनि बोल्नुभएको थियो । यसैबीच नेक्रामसङ्घ जानकी गाउँँपालिका समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा कम्युनिस्ट नामको वर्तमान सरकारले पुँजीपति वर्गको सेवा गरिरहेको बताउनुभया ।
कार्यक्रममा नेमकिपा कैलाली जिल्ला समिति सदस्य गोबद्र्धन तारामी, गगन थापामगर र रत्नादेवी शाहीले बोल्नुभएको थियो ।
Leave a Reply