ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मङ्गलबार भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन गर्नुभयो ।
२०७२ को भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त केदारनाथ मन्दिरको उद्घाटन समारोहमा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणाको माग गर्दै उपत्यका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण र संवद्र्धनको आवश्यकता औँल्याउनुभयो ।
ख्वप विश्वविद्यालय स्थापनाको लागि पुग्दो पूर्वाधार भए तापनि विधेयक छलफलमा नल्याइनुमा शासकहरूको पूर्वाग्राही सोच रहेको बताउँदै सांसद सुवालले ख्वप विश्वविद्यालयमा शासकहरूको मनोमानी गर्न नपाउने भएर सो विधेयक अगाडि नबढेको स्पष्ट पार्नुभयो । सम्पदा संरक्षण मानव सभ्यता विकासको प्रतीक हो र यो अन्धविश्वास होइन भन्दै उहाँले बढ्दो सहरीकरणले काठमाडौँ उपत्यकामा खेतीयोग्य जमीनको अभाव हुँदै गएको र अव्यवस्थित बस्ती विकास बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सांसदहरू विधेयक, कानुन र नीति नियम बनाउने जिम्मेवार व्यक्तिहरू भएको स्पष्ट पार्दै सांसदलाई विकासको रकम बाँड्नु गलत भएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निर्धारित समत्न्दा अगावै केदारनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भएकोमा उपभोक्ता समितिलाई धन्यवाद प्रकट गर्दै सम्पदा पुनःनिर्माणमा कहिल्यै विदेशीको भर नपरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई सँगसँगै अगाडि बढाइरहेको स्पष्ट पार्दै सम्पदा पुनःनिर्माणमा हेलचक्राइँ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सम्पदा पुनःनिर्माणमा अध्ययन, अनुसन्धान र अन्वेषणको आधारमा गर्नुपर्ने बताउँदै राष्ट्रिय कला सङ्ग्रहालय र लाल बैठक प्राचीन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने उद्देश्य नपाको रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत गरेका सम्पदा पुनःनिर्माण कार्य उल्लेखनीय रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले कम लागतमा गुणस्तरीय निर्माण गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा केदारनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष र लायकु प्रवेशद्वार उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद गोराले पुनःनिर्माणको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply