मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले बहुसङ्ख्यक जनताको हितमा नगरपालिकाले आफ्नो गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उपभोक्ता समितिमा काम गर्नेहरूलाई हिसाबकिताब राख्ने विधि र खरिद ऐनबारे शिक्षित बनाई समितिमा बसेर काम गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
नक्सा पास र मापदण्डबारे सर्वसाधारण जनतालाई अभिमुखीकरण गर्दै जानुपर्ने र नगरभित्रका घर पुनःनिर्माण तथा नवनिर्माण नक्साबमोजिम नै बनाउन प्रेरित गर्नुपर्ने बताउनुभयो । सरुवा र नसर्ने रोगबारे जनतालाई सचेत पार्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेँले बिचौलिया र दलालबाट सजग भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सम्पदा उत्खनन्मा सम्बन्धित नगरपालिका, प्रशासन र पुरातत्व विभागको सहभागिता अनिवार्य आवश्यक भएको बताउँदै उहाँले नगरपालिकाका कर्मचारीहरूको वृत्ति विकास गर्दै विभिन्न तालिमहरू दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा निर्माणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिँदै आएको बताउनुभयो । उहाँले विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माण भइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरवासी जनताको सेवा गर्नु भक्तपुर नगरपालिकाको उद्देश्य रहेको बताउँदै पुरातात्विक सम्पदा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले निर्वाचित जनप्रतिनिधि आइसकेपछि भक्तपुरको विकास निर्माण र सामाजिक गतिविधि तीव्ररूपमा अगाडि बढेको औँल्याउँदै उहाँले उपभोक्ता समितिको काम मितव्ययी हिसाबले अगाडि बढिरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गर्नुभएको थियो भने पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवट र श्याम बाटीलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो । १ नं. वडा समिति भवन निर्माण उपभोक्ता समितिका सदस्य केशव कोजूले भवन निर्माणको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply