भर्खरै :

निओ फ्युजनमा निःशुल्क तालिम सुरु

भक्तपुर, ७ जेठ । निओ फ्युजन स्कूल अफ कम्प्युटर भक्तपुरले विभिन्न निःशुल्क तालिमहरू सोमबार र मङ्गलबारबाट सुरु गरेको छ ।
एसईई र दश जोड दुईका विद्यार्थीहरूलाई लक्षित गरी कम्प्युटर कक्षाको साथमा चित्रकला, डिजिटल फोटोग्राफ्री, मोवाइल मर्मत, गितार, धिमे बाजा, धाँ बाजा, तबला, पत्रकारिता, स्काउट, लिपि, स्क्रिनप्रिन्ट, नाटक, नृत्य, सौन्दर्यकला, काष्ठकला, मूर्तिकला, हार्माेनियम र भिडियोग्राफीलगायतका तालिमहरू निःशुल्करूपमा सञ्चालन गरिएको संस्थाका निर्देशक बालकृष्ण बनमालाले बताउनुभयो । यस वर्षका लागि चित्रकला, डिजिटल फ्रोटोग्राफ्री, मोवाइल मर्मत, नृत्य, बाँसुरी, धिमे, व्युटी पार्लर, गितार र स्काउट मङ्गलबारबाट सुरु गरिएको छ ।
विगत एघार वर्षदेखि निरन्तररूपमा निःशुल्क तालिमहरू सञ्चालन गरिंदै आएको छ । “तालिमले विद्यार्थीको क्षमता अभिवृद्धि गराई स्वरोजगारको वातावरण तयार गर्दछ । सीप सिकौँ स्वरोजगार बनौँ भन्ने भावना आत्मसात गर्दै तालिम सञ्चालन गरिरहेका छौँ”, निर्देशक बनमालाले बताउनुभयो । उहाँले तालिम सञ्चालन गर्नका लागि कुनै निकायबाट अनुदान प्राप्त नभएको, आफ्नै खर्चमा तालिम सञ्चालन गरिएको कुरा बताउनुभयो । तालिम बिहान, दिउँसो र बेलुका गरी तीन चरणमा सञ्चालन भइरहेको छ ।
तालिमअन्तर्गत चित्रकलामा ४५ जना, मोबाइल मर्मतमा ५२ जना, गितार प्रशिक्षणमा ३८ जना, धिमेबाजामा २६ जना, सौन्दर्यकलामा ४२ जना, डिजिटल फोटोग्राफीमा ३८ जना, बाँसुरीमा २२ जना, नृत्यमा ५३ जना, स्काउटमा १८ जना सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *