भर्खरै :

ललितपुरको न्हुँ पुखु पुनःनिर्माणमा सिद्धपोखर–र भाज्या पोखर–अनुभव उपयोगी

भक्तपुर, ८ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ललितपुर महानगरपालिका वडा नं. ५ का वडा सदस्य अशोककुमार श्रेष्ठको नेतृत्वमा आएका पाटन लगनखेलस्थित न्हुँ पुखु पुनःनिर्माण उपभोक्ता समितिका पदाधिकारीहरूले बुधबार भेट गर्र्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले भनपा १ स्थित भाज्या पोखरीको ऐतिहासिक र प्राविधिक अध्ययन अनुसन्धान गर–उत्खनन्बाट भेटिएका अवशेषहरूको आधारमा पोखरीको बीचको मन्दिर पुनःनिर्माण कार्य अगाडि बढिरहेको जानकार–गराउनुभयो ।
पोखर–जीर्णाेद्धारको क्रममा पान–चुहिने समस्या समाधान गर्न पोखरीको छेउमा पाँच फिट गहिराइको खाल्टो खन–काल–माट–भरेर उपभोक्ता समितिमार्फत मौलिकता जोगिने गर–कार्य गरिरहेको बताउनुभयो ।
उहाँले सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत गर्दा अपनत्व कायम हुने, स्थानीयलाई रोजगारको अवसर सिर्जना हुने र मौलिकता संरक्षण हुने बताउनुभयो ।
उहाँले भक्तपुरको मौलिकता संरक्षण गर्न २०७२ को भूकम्पले क्षति पु¥याएका सम्पदाहरूमध्ये ८३ वटा सम्पदा परम्परागत सीप र शैलीमा पुनःनिर्माण सम्पन्न भइसकेको र ३२ वटा सम्पदा पुनःनिर्माण भइरहेको बताउँदै निज–आवासीय घरहरू परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग हुने काठ, इँटा र झिङ्गतीको लागतको ३५ प्रतिशत अनुदान दिइरहेको जानकार–दिनुभयो ।
उहाँले पाटनका न्हुँ पुखु उपभोक्ता समितिका पदाधिकारीहरूलाई पुनःनिर्माण कार्य गर्दा मौलिक स्वरूप कायम गर्न, उपभोक्ता समितिमार्फतै पुनःनिर्माण गर्न, आर्थिक अनुशासन, पारदर्शिता र इमानदारितामा जोड दिन र समितिबाट निर्णय गरेरमात्र कार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
भेटमा भनपाका उपप्रमुख रजन–जोशीले भनपाले सम्पदा संरक्षण कार्य अध्ययन अनुसन्धान र अन्वेषन गरेर सम्बन्धित सबै विज्ञहरूको सल्लाह र सहमतिमा गरिरहेको जानकार–गराउनुभयो । भेटमा न्हुँ पुखु उपभोक्ता समितिका पदाधिकारीहरूले भक्तपुर नगरपालिकाको सिद्धपोखर–र भाज्या पोखरीलगायतका पोखरीहरूको संरक्षणको अनुभवबाट सिक्न चाहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिका वडा नं. १ र ७ का वडाध्यक्षहरू क्रमशः श्यामकृष्ण खत्र–र उकेश कवां तथा न्हुँ पुखु उपभोक्ता समितिका पदाधिकारीहरू सतिरा नारायण जोशी, विभूषण विस्ट, तारकसिहं बस्नेत, डा. विजयकृष्ण श्रेष्ठ, रामकृष्ण महर्जन, मणिरत्न शाक्य र भाज्या पोखर–उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरूको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *