ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, ८ जेठ । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको दिन (जेठ ८) को अवसरमा जिल्ला भलिबल सङ्घ भक्तपुरले भेट्रान्स र युवाहरूबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता बुधबार सहिद स्मृति खेल मैदानमा ग¥यो । जिल्ला भलिबल सङ्घ भक्तपुरका सल्लाहकार रवीन्द्र खर्बुजाले राष्ट्रिय रेफ्र–मञ्जु छुकां र मञ्जु लाखेजूलाई भलिबल हस्तान्तरण गर–सो प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार खर्बुजाले भलिबल खेल राष्ट्रिय खेल घोषणा भएको सुखद् भएको बताउँदै खेलाडीहरूलाई देशको सार्वभौमिकता रक्षा र जनताको सेवाका लागि अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला भलिबल सङ्घ भक्तपुरका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्र–तथा नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य गौतमप्रसाद लासिवा र भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीलगायतले बोल्नुभएको थियो । मैत्रीपूर्ण प्रतियोगितामा भेट्रान्स समूहलाई युवा समूहले २–१ सेटमा पराजीत गरेको थियो ।
यसैबीच जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल समाजको आयोजनामा जावलाखेलमा भूतपूर्व तथा नयाँ राष्ट्रिय खेलाडीहरूबीच महिला भलिबल प्रतियोगिता सम्पन्न भयो । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिएको अवसरमा आयोजित सो प्रतियोगिताका सहभाग–खेलाडीहरूलाई मायाको चिनो र भलिबल खेलको विकासमा योगदान गरेका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
Leave a Reply