भर्खरै :

‘नेपालका वनस्पति’ प्रकाशित

ललितपुर, ९ जेठ (रासस)ः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लगायत बेलायतको रोएल बोटानिकल गार्डेन इडनवर्गको सहकार्यमा नेपालमा पहिलो पटक फ्लोरा अफ नेपाल(नेपालका वनस्पति) शीर्षक ग्रन्थ प्रकाशन भएको छ । अङ्ग्रेजी भाषामा अनुदित एक हजार दुई सयदेखि एक हजार पाँच सय पानाको उक्त ग्रन्थमा नेपालमा पाइने छ सयदेखि ६५० प्रकारका वनस्पतिका बारेमा उल्लेख गरिएको छ । दश भाग रहने सो कृति हाल तीन भाग प्रकाशन गरिएको छ ।
ग्रन्थमा सुकाएर राखिएको कुनै पनि बिरुवाको पात, डाँठ र फूललाई वनस्पति विभाग परीक्षण कक्ष (हरबेरियम) मा राखेर अध्ययनअनुसन्धान गरी सूचना र जानकारी प्रकाशन गरिएको वनस्पति विभागका महानिर्देशक मोहनदेव जोशीले बताउनुभयोे । “नाष्टले उक्त परियोजनाबाट नेपालमा करीब छ हजार ५०० जातिका वनस्पति पाइन्छ भन्ने अनुमान गरिसकेको छ”, जोशीले भन्नुभयो, “अनुमान गरिएको कूल वनस्पतिमध्ये पाँच हजार ३०० प्रजातिलाई सुकाएर परीक्षण गरिसक्यौँ भने बाँकी रहेका एक हजार वनस्पतिको परीक्षण अघि बढिरहेको छ ।”
सो ग्रन्थ बेलायतबाट प्रकाशन गरिएको हो । उक्त पुस्तक प्रकाशनमा नेपालका तर्फबाट २० देखि ४० विज्ञले सहयोग गरेका थिए । नेपालमा मात्र पाइने यी प्रजातिलाई नाष्टले १० भागमा वर्गीकरण गरी बृहत् ग्रन्थ प्रकाशन गर्ने योजना अघि बढाएको जनाएको छ । अन्य नौ ग्रन्थमध्ये ग्रन्थ चार, सात र १० को प्रकाशनमा नेपाल, जापान र बेलायत लागिपरिरहेको नाष्टका वरिष्ठ वैज्ञानिक सन्देश भट्टराईले जानकारी दिनुभयो । “सन् २०११ पछि यी तीनै वटा ग्रन्थ प्रकाशन गराउन हामी लागिपरेका हाँँैँ”, भट्टराईले भन्नुभयो, “ग्रन्थ १० मा विशेष गरी गलैंचे फूल, पाँचऔंँले, चाँदीगाभा र सुनगाभाजस्ता वनस्पतिको बारेमा उल्लेख गरी एक छुट्टै किसिमको पुस्तक प्रकाशन गर्ने छाँै ।” हालसम्म नाष्टलगायत अन्य सहयोगी संस्था मिलेर ग्रन्थ प्रकाशनका लागि फूल फल्ने र उत्पादन हुने वनस्पतिमा मात्र अध्ययन गरिए तापनि आगामी दिनमा फल र फूल नफल्ने वनस्पति उन्यु, सल्ला, झ्याउ, च्याउ र लेउको पनि अध्ययन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *